कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हिमालयन शेर्पा फाइनलमा

विप्लव भट्टराई

(इलाम — हिमालयन शेर्पा क्लब टुबोर्ग पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ । माइभ्यालीमा हिमालयनले झापाको मेची नेत्रालयलाई ३–० गोलले पराजित गर्‍यो । 

हिमालयन शेर्पा फाइनलमा

हिमालयनका त्रिदेव गुरुङले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । विशन गुरुङको कर्नरमा त्रिदेवले गोल निकालेर हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा रवि थापाले अर्को गोल गरे । इन्ज्युरी समयमा विशन गुरुङले गोल गर्दै टिमको जित पक्का पारे ।


माइभ्याली गोल्डकपमा पहिलो पटक फाइनल प्रवेश गर्न दुवै टिमले सुरुदेखि नै निकै मिहिनेत गरेका थिए । हिमालयनका त्रिदेव, विशन, सुशील खडका, विजय लामा, ड्याडे वम्बा र रवि थापालाई रोक्न झापाका डिफेन्डर विष्णु सुनुवार, विक्रम राई र फ्लोरेन्ट कोरा असफल रहे । झापाका विशाल राई, भिक्टोर, योगेश गुरुङले केही अवसर सिर्जना गरे पनि सफल हुन सकेनन् । हिमालयनका मानबहादुर तामाङ, उल्रिच शिवे, निरोज बस्नेतले झापाको एटेकिङ लाइनलाई सफल हुन दिएनन् ।


झापाका किशोर गिरी म्यान अफ दी म्याच भए । उनले झापाका थुप्रै प्रहारलाई बचाउ गरेका थिए ।


मंगलबार हुने फाइनलमा क्यामरुनको दाउफिन्ससँग हिमालयनले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित : चैत्र ४, २०७५ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?