२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रेस्लिङमा भगवती च्याम्पियन

काठमाडौँ — रेस्लिङ महाभिडन्तको महिला रोयल रम्बल म्याचमा भगवती खड्का (युनिका) बुधबार विजेता भएकी छन् ।
यो स्पर्धामा भगवतीसहित आकृति पुन, लक्ष्मी घर्तीमगर, लीला उप्रेती, सबिना उप्रेती, गीता जिरेल र जमुना तामाङले प्रतिस्पर्धा गरेका थिए ।

रेस्लिङमा भगवती च्याम्पियन

फागु पूर्णिमाको अवसरमा नेपाल महिला रेस्लिङ फाउन्डेसनले भृकुटीमण्डपमा आयोजना गरेको रेस्लिङअन्तर्गत महिला ट्रिपल थ्रेट स्पर्धामा भगवती नै च्याम्पियन बनिन् । आकृति र सबिनाले पनि यो स्पर्धामा भाग लिएका थिए ।


महिला वान भर्सेज वानमा जमुनाले गीतालाई पराजित गरिन् । महिलाकै अर्को वान भर्सेज वानमा लक्ष्मी घर्तीमगरले लीलालाई हराइन् ।


भारतीय र नेपाली रेस्लरबीचको पुरुष वान भर्सेज वानमा भारतका प्रिन्स वंशीले नेपालका बाबु शाहेबलाई हराए । विजेतालाई नायक राजेश हमालले पुरस्कृत गरे ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?