२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जर्मनी सर्वियासँग बराबरीमा रोकियो

एएफपी

पेरिस — जर्मनी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको बुधबार राति भएको खेलमा सर्वियासँग १-१ को बराबरीमा रोकिएको छ । सर्वियाले लुका जोभिचको गोलले १२ औं मिनेटमा अग्रता लिएको थियो ।

लेओन गोरटेज्काले ६९ औं मिनेटमा बराबरी गोल फर्काए र टिमलाई सम्भावित हातरबाट जोगाए । बुधबारका अन्य मैत्रीपूर्ण खेलमा वेल्सले टि्रनिडाड एन्ड टोबागोलाई १-० ले हरायो ।


वेल्सका लागि वेन उडबर्गले ९० औं मिनेटमा निर्णायक गोल गरेका थिए । यस्तै ओमानले अफगानिस्तानलाई ५-०, सिंगापुरले मलेसियालाई १-० र इराकले सिरियालाई १-० पराजित गर्‍यो ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?