कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रे गोल्डकप : आयोजक काभ्रे विजयी

काभ्रे — आयोजक काभ्रे जिल्ला फुटबल संघले काभ्रे गोल्डकप फुटबलको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेरमा ३-० ले पराजित गरेको छ । निर्धारित समयको खेल २-२ को बराबरीमा टुंगिएको थियो ।

काभ्रे गोल्डकप : आयोजक काभ्रे विजयी

दोस्रो मिनेटमा फ्रेन्ड्सका लागि कौनम कोसेमाले गोल गरेर टोलीलाई अग्रता दिलाए । काभ्रेका समिर खडाले ४७ र ५८ औं मिनेटमा दुई गोल गरेका थिए । ७१ औं मिनेटमा कोसेमाले नै गोल गरेर खेल फ्रेन्ड्सलाई बराबरीमा ल्याए ।


टाइब्रेकरमा काभ्रेको तर्फबाट उत्तम बुढाथोकी, रुमन श्रेष्ठ र सनिश तुसुजुले गोल गरे । फ्रेन्ड्सका खेलाडीका तीनवटै प्रहार काभ्रेका गोलरक्षक दिपेश श्रेष्ठले बचाए । दिपेश नै म्यान अफ द म्याच घोषित भए ।

जिल्लामा पहिलोपल्ट ए डिभिजन क्लबको सहभागितामा सुरु प्रतियोगितामा विभागीय टोली आर्मी, एपीएफ, संकटा, जावलाखेल, फ्रेन्ड्ससहित प्ले अफ अत्तरिया, काभ्रे, भक्तपुर, दोलखा र सिन्धुपाल्चोक जिल्लाका गरी १० टिमको सहभागिता छ । विजेताले ४ लाख र उपविजेताले २ लाखसहित ट्रफी पाउने छन् । बिहीबार नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरप्रमुख अशोक ब्यान्जुले प्रतियोगिता उद्घाटन गरे ।

प्रकाशित : चैत्र ७, २०७५ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?