साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

रासस

काठमाडौँ — नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश १ सरकारले जनही दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । 

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ को शुक्रबार भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।


मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।


फागुन २८ गते सुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज अन्तिम खेल हुने भएको छ । यसैगरी, नेपाल समूह विजेत भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरिसक्नुभएको छ । प्रतियोगिता विराटनगरको शहीद रंगशालामा भइहेको छ ।

प्रकाशित : चैत्र ८, २०७५ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?