कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सन्दीप लामिछानेबारे दिल्लीका शिखर धवन के भन्छन् ?

नयाँ दिल्ली — सन्दीपलाई मैले अस्ट्रेलियामा पनि भेटेको थिएँ । नेपालको एक युवा खेलाडीले विश्वका सबैजसो ठूला प्रतियोगितामा खेल्न पाउनु ठूलो हो । मलाई थाहा छ, नेपालमा उनी सबै युवाको प्रेरणा बनेका छन् ।

सन्दीप लामिछानेबारे दिल्लीका शिखर धवन के भन्छन् ?

उनले आफ्नो पुस्ताका लागि मात्र होइन, आउने पुस्ताका लागि पनि ठूलो आशा जगाएका छन् । त्यो ठूलै सकारात्मक पाटो हो । त्यो सुन्दा मलाई पनि निकै खुसी लागेको छ ।


उनको खेलको कुरा गर्ने हो भने उनी दिन प्रतिदिन तिखारिँदै गएका छन् । उनमा धेरै क्षमता छ । बिगबासमा पनि उनले निकै राम्रो प्रर्दशन गरेका थिए । दिल्लीका लागि पनि उनले उत्कृष्ट खेल दिनेछन् भन्नेमा मलाई विश्वास छ । अभ्यास म्याचमा पनि उनले निकै राम्रो बलिङ गरे । समयक्रममा उनको खेल बढी माझिँदै जानेछ भन्नेमा म ढुक्क छु ।

कान्तिपुर दैनिकका दिल्ली संवाददाता सुरेशराज न्यौपानेले गरेको कुराकानीमा आधारित

प्रकाशित : चैत्र ९, २०७५ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?