कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सन्दीपले दिल्ली पुगेपछि भने - 'आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास हुनेछ'

नयाँ दिल्ली — इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि सुरु हुँदैछ । स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलबाट खेल्ने भएपछि आइपीएलमा नेपालीहरुको चासो बढ्दो छ । दिल्लीले आईपीएलको सुरुआत आइतबार मुम्बई इन्डियन्सविरुद्ध खेलेर गर्नेछ । दिल्लीको दोस्रो खेल मंगलबार कोटलामा साबिक विजेता चेन्नई सुपर किग्संविरुद्ध हुनेछ ।

सन्दीपले दिल्ली पुगेपछि भने - 'आईपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास हुनेछ'

पछिल्लो एक वर्ष कस्तो अनुभव गर्नुभयो ?
एकदमै खुसी छु । किनकि पछिल्लो एक वर्षमा मैले विश्वका प्रायः सबैजसो ठूला फ्रेन्चाइज लिगहरू खेल्ने मौका पाएँ । त्यसलाई ममा आफूभित्र रहेको क्षमता बाहिर ल्याउने अवसरका रूपमा पनि लिएको छु । मेरा लागि सही समयमा पाएको सही अवसर थियो । आईपीएलमा पनि उत्कृष्ट दिने मेरो प्रयास हुनेछ ।

एक वर्षपछि फेरि दिल्ली आइपुग्नुभएको छ, कस्तो अनुभव भइरहेको छ ?
निकै उत्साही छु । मेरो क्रिकेट यात्रा फेरि अर्कोपल्ट यहाँ आइपुगेको छ । यसपालि म बढी नै आशावादी छु, हाम्रो टिमले राम्रो गर्नेमा । अघिल्लो पटकभन्दा टिम पनि निकै राम्रो र सन्तुलित छ ।

कस्तो रह्यो मैदानमा पहिलो दिन ?
राम्रो भयो । प्रशिक्षकदेखि अन्य साथीसँग अभ्यासका क्रममा अन्तर्क्रिया भयो ।


यसपालि कस्तो अपेक्षा राख्नुभएको छ ?
मेरो प्रयास त शतप्रतिशत दिने नै हुनेछ । मेरो लक्ष्य भनेको टिमलाई जिताउने नै हो ।


आईपीएलमा विश्वस्तरीय खेलाडीको सहभागि रहन्छ ? खेल्ने अवसर नपाउँदा कसरी लिनुहुन्छ ?
मैदानमा नभए पनि बाहिर बसेर पनि त्यहाँ भइरहेको गतिविधिबाट धेरै सिक्न सकिन्छ । त्यसले पनि आफूमा धेरै नै सकारात्मक परिवर्तन ल्याउन सघाउँछ ।


लिग नखेल्दा नेपालमा यही स्तरको अभ्यासका लागि के गर्नुहुन्छ ?
म पहिले जे–जसरी गर्थें, त्यसरी नै गर्छु । म जे कुरालाई पनि सधैँ सरल र सहज रूपमा लिने गर्छु । नेपालमा यहाँको जस्तो सुविधा छैन । जे–जस्तो छ त्यसबाट बढीभन्दा बढी अभ्यास गर्ने गर्छु ।


तपाईंले पहिले यू–ट्युबका भिडियो हेरेर पनि क्रिकेटबारे सिक्ने गरेको भन्नुभएको थियो ? अहिले पनि त्यही गर्नुहुन्छ ?
त्यो त मेरो दैनिकी नै हो । अहिले आएर फेर्न सक्दिनँ । राम्रो वा नराम्रो जुनसुकै चरणमा भए पनि यू–ट्युब हेर्ने गरेको छु ।


कसको भिडियो बढी हेर्नुहुन्छ ?
अरू कसको हुनु शेन वार्नको नि । किनकि उनी नै मेरो प्रेरणा हुन् । बिगबासको बेलामा पनि उहाँले धेरै सुझाव दिनुभएको थियो ।


कुनै विशेष सुझाव थियो कि ?
सधैं दह्रो मुटु बनाउनुपर्छ भन्नुभयो ।

प्रकाशित : चैत्र ९, २०७५ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?