आईपीएल : कोलकाताको सनसनीपूर्ण जित

एजेन्सी

कोलकाता — कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को आफ्नो पहिलो खेलमा सनसनीपूर्ण जित निकालेको छ । कोलकाताले आफ्नो घरेलु मैदानमा भएको खेलमा सनराइज हैदरावादलाई ६ विकेटले हरायो ।

आईपीएल : कोलकाताको सनसनीपूर्ण जित

वेस्ट इन्डिजका ब्याट्सम्यान एन्ड्र्यु रसेलले आक्रामक ब्याटिङ गरेपछि कोलकाताले १९.४ ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन बनायो । त्यसमा रसेलले १९ बलमा ४९ रन बनाए । उनले चार चौका र चार छक्का प्रहार गरे ।

त्यस्तै नितिश राणाले सर्वाधिक ६८ रन बनाए । यसअघि एक वर्षको प्रतिबन्धपछि मैदानमा फर्केका अस्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नरले आक्रामक प्रदर्शन गरेपछि सनराइज हैदरावादले पहिले ब्याटिङ गर्दै गर्दै २० ओभरमा १ सय ८१ रन बनाएको थियो ।


यसमा वार्नरले सर्वाधिक ८५ रन बनाए । यसका लागि उनले ५३ बलको मात्र सामना गरे । उनले नौ चौका र तीन छक्का प्रहार गरे । उनले इंग्लिस ब्याट्सम्यान जोन बियरस्टोसँग मिलेर पहिलो विकेटका लागि १ सय १८ रनको साझेदारी गरे । बियरस्टोले ३९ रन बनाए ।

प्रकाशित : चैत्र १०, २०७५ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?