१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेदरल्यान्ड्समाथि जर्मनीको बदला

एएफपी

पेरिस — निको सुल्जले अन्तिम मिनेटमा गोल गरेपछि जर्मनीले युरो २०२० छनोटमा आइतबार राति नेदरल्यान्ड्सलाई ३-२ ले हराएको छ । यस जितपछि जर्मनीले पछिल्लो पल्ट नेसन्स लिगमा डच टिमविरुद्ध बेहोरेको हारको बदला पनि लिएको छ । 

छनोटको समूह बी को खेलमा जर्मनीले दुई गोलको अग्रता लिएयता नेदरल्यान्ड्सले दुई गोल फर्काए खेललाई रोमाञ्चक स्थितिमा पुर्‍याएको हो ।


आइतबार रातिको अर्को महत्त्वपूर्ण खेलमा बेल्जियमले साइप्रसलाई २-० ले हरायो र त्यसमा एडन हेजार्डको नाममा एक गोल रह्यो । उनले आफ्नो देशका लागि सयौं खेलमा गोल गर्न सफल भएका हुन् । यस्तै अर्को खेलमा रुसले काजाकिस्तानलाई ४-० ले पन्छायो ।

प्रकाशित : चैत्र ११, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?