१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कृष्णमोहन स्मृति ब्याडमिन्टन सुरु

काठमाडौँ — पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता, एघारौं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिता र सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । 

कृष्णमोहन स्मृति ब्याडमिन्टन सुरु

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले नेपाल एपीएफ क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको सम्बन्धित खेलका मुख्य रेफ्रीहरूलाई बल तथा सटल कर्क हस्तान्तरण गरी उद्घाटन गरे ।


एपीएफका पूर्वमहानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको सम्मान आयोजना गरिएको प्रतियोगिताको १५ औं संस्करणमा पुरुष/महिला एकल तथा युगल, मिश्रित युगल, १७ वर्षमुनिको छात्र तथा छात्रा, ३५, ४५ र ५५ वर्षमाथिको भेट्रान्स गरी कुल २८७ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।


आइतबार ब्याडमिन्टन पुरुष एकलतर्फ भोजबहादुर गुरुङ, अनिष कटुवाल, गोकुल तामाङ, आशिष तामाङ, रोशन कुमाल, अमृत चौधरी, विजय बानियाँ, गोकुल जोरा, अनिष खतिवडा, गोकुल तामाङ र प्रियान्सुसिंह क्षत्री विजयी भए ।


लनटेनिसतर्फ सुरजकुमार श्रेष्ठ, किरणजंग कुँवर, चन्द्र थापा, उत्तम बोगटी, केशर गुरुङ, राम राणा, कृष्ण कार्की, कुमार तामाङ, पल मार्टिन सोल, देव क्षत्री, सुकमान तामाङ, भीष्मजंग गुरुङ, रोहित सुनुवार, काजीमान गुरुङ, राजु श्रेष्ठ, सुबोध अधिकारी, मनोज शाह, सीमान्त गुरुङ, गोपी भट्टराई, अमृत रोका, राजेश क्षत्री, महेश श्रेष्ठ, ध्रुव गुरुङ, आशिष सिग्देल र करिमुल्ला मुस्लिम विजयी भए ।

प्रकाशित : चैत्र ११, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?