नेपाल कतारसँग पराजित

कुशल तिमल्सिना

काठमाडौँ — कतारसँग ५-० गोलले पराजित भएसँगै नेपाल एएफसी यू २३ च्याम्पियनसिपको छनोट चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपालले ओमानसाग १-० को पराजय व्यहोरेको थियो । 

नेपाल कतारसँग पराजित

दोहास्थित एस्पायर एकेडेमी मैदानमा भएको खेलमा घरेलु टोली कतारबिरुद्ध रक्षात्मक रणनीति लिएको नेपालको प्रदर्शन निकै कमजोर देखियो । मुख्यतः गोलरक्षक अपर्ण कार्कीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।

कतारका लागि कप्तान बासम अलरावी र अब्दुल्लाह अलाराकले २-२ तथा खालिफा साद खालिफले एक एक गोल गरे ।

२५औं मिनेटमा कतारले पेनााल्टीमार्फत अग्रता लिएको हो । अनन्त तामाङले कतारका हसन अहमद पालाङलाई फल गरेपछि पाएको पेनाल्टीमा अब्दुल्लाहले गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको कतारले दोस्रो हाफमा ३ गोल थप्यो । ५३ औं मिनेटमा एसियन च्याम्पियन कतारी टोलीका सदस्यसमेत रहेका कप्तान बासमले करिव ३५ यार्डबाट प्रहार गरेको बल गोलरक्षक अपर्ण कार्कीले जज गर्नै सकेनन् ।

त्यसको ७ मिनेटपछि कतारले तेहेरो अग्रता बनायो । कतारका डिफेण्डर खालिफा सादले गरेको क्रस क्लियर गर्ने क्लबमा डिफेेण्डर दिनेश राजवंशीले आफ्नो पोष्टमा गोल गर्न पुगे ।

८० औं मिनेटमा कतारले चौथो तथा निर्णायक गोल गर्यो । नितिन थापाले अब्दुल्ला अल सेहीलाई फल गरेपछि पाएको फि्रककमा कप्तान बासमले २५ यार्डबाट प्रहार गरेको बल गोलमा परिणत भयो । इन्ज्यूरी समयको दोस्रो मिनेटमा कतारले पाचौं तथा निर्णायक गोल गर्यो ।

प्रकाशित : चैत्र ११, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?