कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आईपीएल : हारपछि कोहलीद्वारा अम्पायरको आलोचना

एजेन्सी

बेंगलोर — इन्डियन प्रिमियर लिग २०१९ मा रोयल च्यालेन्जर्स बेंगलोर बिहीबार राति मुम्बइ इन्डियन्सको हातबाट पराजित भएपछि कप्तान विराट कोहलीले अम्पायरको चर्को आलोचना गरेका छन् । 

आईपीएल : हारपछि कोहलीद्वारा अम्पायरको आलोचना

जितका लागि बेंगलोरलाई अन्तिम बलमा ६ रन चाहिएकोमा लसिथ मलिंगाले डट बल फ्यालेका थिए । तर रिप्लेमा त्यो ‘ओभर स्टेप’ का कारण नो बल देखिएको थियो ।

अम्पायरले नो बलको स्थितिलाई भने देख्न सकेनन् । नो बल दिइएको भए, बेंगलोरले फ्रि हिट पनि पाउने थियो । ‘हामी आईपीएल खेलिरहेका छौं, क्लब क्रिकेट होइनौं । अम्पारको प्रदर्शन निकै खराव रह्यो,’ कोहलीले भने ।

खेलमा पहिले ब्याटिङ गरेको मुम्बइले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । त्यसमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए ।


प्रत्युत्तरमा बेंगलोर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रनमै रोकियो । उसका लागि एबी डे भिल्लियर्सले नआउट रहेर ७० रन बनाए । यस्तै कोहलीले ४६ रनको योगदान दिए ।

प्रकाशित : चैत्र १५, २०७५ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?