२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

फुलहम पर्‍यो रेलिगेसनमा

एएफपी

लन्डन — फुलहम बुधबार राति इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । वाटफोर्डसँग ४–१ ले पराजित भएपछि फुलहमको समस्याग्रत माथिल्लो डिभिजनको एक सिजनमा पूर्ण विराम लाग्ने भएको हो ।

फुलहम पर्‍यो रेलिगेसनमा

स्कट पार्करको टिमलाई रेलिगेसनबाट केही दिनका लागि बच्न भिकारेज रोडमा हार टार्न आवश्यक थियो । तर पुछारबाट दोसो स्थानमा रहेको फुलहमले लगातार नवौं हार आत्मसात् गर्‍यो । सुरक्षित स्थानबाट १६ अंक टाढा रहेको फुलहमले अब अर्को सिजन च्याम्पियनसिपमा खेल्नेछ ।


एबडोलय डोकोरले वाटफोर्डलाई २३ औं मिनेटमा अग्रता दिलाएयता रायन बाबलले फुलहमका लागि बराबरी गोल फर्काएका थिए । तर फुलहमका लागि दोस्रो हाफ खराव रह्यो र त्यसमा उसका विरुद्ध विल ह्युग्स, ट्रोय डेनी र किके फेमिनायाले गोल गरे ।


ज्याभी गार्सियाको टिमले १२ मिनेटको अन्तरमा तीन गोल गरेको हो । यसअघि शनिबार अन्तिम स्थानमा रहेको हडर्सफिल्ड पनि छ चरणको खल अगाडि नै रेलिगेसनमा परेको थियो ।

प्रकाशित : चैत्र २०, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?