२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

नेपालको सान्त्वना जित

नेपाल २–१ इन्डोनेसिया

काठमाडौँ — नेपाली महिला टिमले इन्डोनेसियामाथि २–१ को जित निकाल्दै मंगलबार २०२० ओलम्पिक छनोटको यात्रा टुंग्याएको छ । यसअघि म्यान्मार र भारतविरुद्ध हारेकाले नेपाली टिमको चुनौती छनोटको दोस्रो चरणमा समाप्त भयो ।

नेपालको सान्त्वना जित

सुरुका दुवै खेलमा पराजित भएकाले नेपाल र इन्डोनेसियाको लागि दोस्रो चरणको अन्तिम खेल प्रतिष्ठाको विषयमै सीमित थियो । प्रशिक्षक हरि खड्काले पहिलो रोजाइका तीन खेलाडी परिवर्तन गर्दै नेपाली टिमलाई मैदानमा उतारेका थिए । म्यान्मारको मान्डलायस्थित बाहतो रंगशालामा भएको खेलमा सावित्रा भण्डारीको दुई गेल सहयोगमा नेपालले सान्त्वना जित हासिल गरेको हो ।


इन्डोनेसियाकी गोलकिपर रिस्का जुलियान्तीले आठौं मिनेटमै रातो कार्ड बेहोर्दै मैदान छाडेकी थिइन् । तैपनि नेपाली टिम गोलका लागि संघर्षरत रह्यो । सावित्राले ३६ औं मिनेटमा गोल गरेपछि नेपालले पहिलो हाफमा १–० को अग्रता लियो । बाइक अमिन्तुनले ४७ औं मिनेटमा गोल गर्दै इन्डोनेसियालाई १–१ को अवस्थामा पुर्‍याइन् ।


खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला सावित्राले ८९ औं मिनेटमा बललाई पोस्टको दिशा दिंदै नेपाललाई छनोटको दोस्रो चरणमा सान्त्वना जित दिलाइन् । यो उनको अर्न्त्राष्ट्रिय प्रतियोगितामा २८ औं गोल हो । उनले सर्वाधिक गोलकर्ता अनु लामा (३५ गोल) को कीर्तिमान पछ्याइरहेकी छन् ।


नेपालले पहिलो खेलमा म्यान्मार र दोस्रोमा भारतसँग मसान ३–१ को हार बेहोरेको थियो । दुवै खेलमा नेपालको तर्फबाट कप्तान निरु थापाले गोल गरेकी थिइन् । सर्वाधिक ४१ क्याप जितेकी निरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा ११ गोल गरेकी छन् । दोस्रो चरणमा दुई हार र एक जितसँगै नेपाल ३ अंकसहित समूहको तेस्रो स्थानमा रह्यो ।


वीन थेन्गी तुनको ह्याट्रिकको सहयोगमा आयोजक म्यान्मारले मंगलबार भारतसँग ३–३ को नतिजा निकाल्दै समान अंक भए पनि गोल अन्तरको आधारमा शीर्षस्थानमा रहँदै ओलम्पिक छनोटको तेस्रो चरणको यात्रा पक्का गर्‍यो । तेस्रो चरणको छनोटमा एसियाली महिला फुटबलका उत्कृष्ट आठ टिमले प्रतिस्पर्धा गर्नेछन् ।


२०२० ओलम्पिक छनोट (दोस्रो चरण) समूह 'ए’

टिमखेलजितड्रहारगोलअंक

म्यान्मार१२–४

भारत८–४

नेपाल४–७

इन्डोनेसिया१–१०

प्रकाशित : चैत्र २७, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?