२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

दाङमा टेबलटेनिस सुरु

आठौँ राष्ट्रिय खेलकुद
दुर्गालाल केसी

दाङ — आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबारदेखि घोराहीस्थित कभर्ड हलमा टेबलटेनिस सुरु भएको छ । खेलको उद्घाटन पूर्व युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीले गरेका थिए । उनले राष्ट्रिय खेलकुदले खेलको सम्भावनालाई बढवा दिएको धारणा व्यक्त गरे ।

अहिले विभिन्न समूहहरुबीच राउण्डीङ खेल चलिरहेको छ । भोलिदेखि वैशाख ४ सम्म पुरुष र महिला बास्केटबल हुँदैछ । घोराहीमै वैशाख १ देखि ब्याडमिन्टन हुँदैछ ।


बेलझुण्डीस्थित रंगशालामा वैशाख ५ देखि ११ सम्म महिला फुटबल र वैशाख ५ देखि ११ सम्म एथलेटिक्स हुने भनिएकोमा रंगशाला तयार नभएकाले अरू ठाउँमा व्यवस्था मिलाइदैछ ।


तुलसीपुरस्थित कराँते हलमा वैशाख ६ देखि ११ सम्म कराँते र लमही क्रिकेट मैदानमा वैशाख ५ देखि ११ सम्म महिला क्रिकेट हुने जिल्ला खेलकुद विकास समिति अध्यक्ष डिल्ली डाँगीले बताए ।

प्रकाशित : चैत्र २७, २०७५ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?