कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

न्युकासललाई ठूलो राहत

एजेन्सी

लेस्टर — न्युकासल युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति लेस्टरलाई १-० ले हरायो । यो जितपछि राफेल बेनिटेजको न्युकासल रेलिगेसन क्षेत्रबाट १० अंक अगाडि रह्यो । 

यस्तोमा न्युकासलको रेलिगेसन डर लगभग समाप्त भएको छ । उसका लागि लेस्टरको घरमा एजोज पेरेजले ३२ औं मिनेटमा हेडबाट निर्णायक गोल गरे ।


न्युकासलको ३४ खेलबाट ३८ अंक भएको छ र १३ औं स्थानमा पुगेको छ । प्रिमियर लिगबाट हडर्सफिल्ड र फुलहम रेलिगेसनमा परिसकेका छन् र अब एक अभाग्यशाली टिमको निर्णय हुन मात्र बाँकी छ ।

प्रकाशित : चैत्र ३०, २०७५ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?