कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफलाई थप एक स्वर्ण

घनश्याम गौतम

रुपन्देही — बुटवलमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लन टेनिस खेलमा मिश्रित डबल्सतर्फ एपीएफका आइभर लिसानोविच र अश्लेवा लिसोनोबीच दिदी भाइको जोडीले स्वर्ण पदक जितेका छन् । यस अघि पुरुष टिम इभेन्टको स्वर्ण पनि एपिएफले नै जितेको थियो ।

एपीएफलाई थप एक स्वर्ण

शनिवार भएको फाइनल खेलमा नेपाली सेनाका अभिलाषा विष्ट र प्रणव खनालको जोडीलाई ३-६, ६-४, १०-७ को सुपर ट्राईबेकरमा जितेका हुन् । विष्ट र खनालको जोडीले खेलको पहिलो सेट जितेका थिए । तर, एपीएफका दिदी भाइको जोडीले अर्को सेट थप्ने मौका नै दिएनन् । त्यसपछिका दुवै सेट उनीहरूले जिते । उपविजेता नेपाल आर्मीका विष्ट र खनालको जोडी रजत पदकमा चित्त बुझाए ।


त्यस्तै गण्डकी प्रदेशका अनिल शाही र गङ्गा शर्माको जोडी तथा नेपाली आर्मीका अभिनव आचार्य र ईरा एम रावतको जोडी तेस्रो हुँदै कास्य पदक पाए । मेन्स डबल्सतर्फको पहिलो सेमिफाईनलमा गण्डकी प्रदेशका प्रदीप खड्का र नवीन मगरको जोडीले गण्डकी प्रदेशकै धर्म लामिछाने र अनिल साईको जोडीलाई ६-३, ६-३ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन ।


त्यस्तै दोस्रो सेमिफाईनलमा एपीएफका आइभर लिसानोविच र जितेन्द्र परियारको जोडीले एपिएफकै छेवाङ लामा र सन्तोष खत्रीको जोडीलाई ६-२, ६-२ को सेटमा पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेका छन् ।


महिला डबल्सतर्फ एपिएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडीले अभिलाषा विष्ट र ईरा रावतको जोडीलाई ६-४, ६-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । त्यस्तै दोस्रो सेमिफाईनलमा प्रेरणा कोइराला र एनि माथेमाको जोडीले श्रृया भट्टराई र रोमिता बुद्धाचार्यको जोडीलाई ६-०, ६-० को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।

प्रकाशित : चैत्र ३०, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?