लिभरपुल र म्यानचेस्टर सिटी दुवै विजयी 

एजेन्सी

लन्डन — इंग्लिस प्रिमियर लिग उपाधिको होडमा रहेका दुई क्लब लिभरपुल र म्यानचेस्टर सिटी दुवैले शनिबार राति जित निकालेका छन् । लिभरपुलले चेल्सीलाई २-० ले हरायो । 

उसका लागि साडियो मानेले ५१ र मोहम्मद सलाहले ५३ औं मिनेटमा गोल गरे । यसअघि रहिम स्टर्लिङको दुई गोल मदतले सिटीले क्रिस्टल प्यालेसलाई ३-१ ले पराजित गरेको थियो ।


लिभरपुल ८५ अंकसहित शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको सिटी दुई अंकले पछाडि छ । लिगका बाँकी खेलमा लिभरपुलले अब कार्डिफ, हर्डसफिल्ड, न्युकासल र उल्फको सामना गर्नेछ ।


यस्तै सिटीले टोटनहम, म्यानचेस्टर युनाइटेड, बर्नली, लेस्टर र ब्राइटनविरुद्ध खेल्नेछ ।

प्रकाशित : वैशाख २, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?