माला र विमला भिड्ने

बाँके — आठौं राष्ट्रिय खेलकुदमा २८ औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगितामा आइतबार एपीएफकी माला राई र आर्मीकी विमला श्रेष्ठ फाइनल पुगेका छन् ।

माला र विमला भिड्ने

बाँकेको खजुरास्थित ज्ञानोदय माविको मैदानमा महिला ५१ केजी तौल समूहमा मालाले प्रदेश १ की रोशिना लावतीलाई रेफ्री स्टप कन्टेस्ट (आरएससी) को आधारमा हराइन् । विमलाले प्रदेश ३ की रोशनी राईलाई अंकको आधारमा ५–० अंकले हराइन् ।


महिला ६४ केजीमा आर्मीकी पुनम रावलले प्रदेश १ की तृषा जागेबु लिम्बुलाई आरएससीका आधारमा हराएर फाइनल तय गरिन् । अर्को सेमिफाइनलमा एपीएफकी विनिता थापा मगरले प्रदेश ५ की माया चौधरीलाई हराइन् । त्यसअघि ५४ केजीको क्वाटरफाइनलमा प्रदेश ३ की शिवानी श्रेष्ठ र पुलिसकी निशा तामाङले सेमिफाइनल पक्का गरेका छन् । शिवानीले प्रदेश ५ की सुष्मा पुनलाई अंकको आधारमा ४–१ ले हराइन् । निशाले प्रदेश ७ की हरिना ऐरलाई ५–० अंकले हराइन् । एपीएफकी सन्जुमाया थिङ प्रदेश ४ की जोसिका श्रेष्ठलाई नकआउट हान्दै सेमिफाइनल पक्का गरिन् ।


महिला ५७ केजीमा आर्मीकी चन्द्रकला थापा, एपीएफकी माया चौधरी, प्रदेश ७ की भावना ऐरी र प्रदेश १ की दिया लिम्बु सेमिफाइनल पुगेका छन् । चन्द्रकलाले प्रदेश ३ की कुसुम तामाङ, मायाले प्रदेश ४ की माया गुरुङ र भावनाले प्रदेश ६ की राधा बिकलाई हराए । दियाले प्रदेश ५ की लक्ष्मी घर्तीमगरलाई अंकको आधारमा हराइन् ।


६० केजी तौल समूहको सेमिफाइनलमा प्रदेश ५ की संगीता दंगाल, प्रदेश ७ की संगीता चौधरी र आर्मीकी सविना श्रेष्ठले स्थान बनाए । संगीताले प्रदेश ६ की रिता बिकलाई अंकको आधारमा ४–१ ले हराए । संगीता चौधरीले प्रदेश ४ की अस्मिता बस्नेतलाई आरएससी आधारमा पराजित गरिन् । सविनाले प्रदेश १ की रन्जिता मगरलाई पन्छाइन् ।

प्रकाशित : वैशाख २, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?