आईसीसी यू–१९ वर्ल्डकप छनोट : नेपालको मलेसियामाथि एकपक्षीय जित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २ विकेट गुमाएर ९५ रन बनाउँदै खेल जित्यो । 

फाइल तस्बिर ।


नेपालका लागि रित गौत्तम ३९ रन बनाएर नटआउट रहे भने आरिफ सेखले २६ रन जोडे।

Citizen


पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा अलआउट हुन अगाडि ९२ रन मात्र बनाउन सक्यो। घरेलु टिमका लागि ड्यानिएल फिग्रीले सर्वाधिक ३७ रन बनाए। अरू ब्याट्सम्यानले खासै गतिलो योगदान दिन सकेनन्।
नेपाली बलरमध्ये पवन सर्राफ र कुशल मल्लले तीन-तीन विकेट लिए। सर्राफले कसिलो बलिङ गर्दै ८.५ ओभरमा १३ रन मात्र दिए। कुशलको ८ ओभरमा २० रन निस्क्यो।
प्रतियोगितामा नेपालको यो दोस्रो जित हो। नेपाल पछिल्लो खेलमा भने यूएईसँग पराजित रहेको थियो। वर्षाले प्रभावित खेलमा नेपाल दुर्भाग्यपूर्ण रूपमा डकवर्थ लुइस नियमले पराजित भएको थियो।

प्रकाशित : वैशाख २, २०७६ १०:५७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

रासस

धम्बोजी — कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् । 

बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ। छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताए।

दुईजना नदीमा बेपत्ता भएको र बेपत्ताको खोजीकार्य प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए। उनका अनुसार खोजी कार्य लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ।

प्रकाशित : वैशाख २, २०७६ १०:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT