मुम्बईविरुद्ध बेंगलोरको अर्को हार

एजेन्सी

मुम्बई — विराट कोहलीको रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा सोमबार राति सातौं खेलमा छैटौं हार बेहोरेको छ । 

वानखडे स्टेडियममा भएको खेलमा मुम्बई इन्डियन्सले बेंगलोरलाई ५ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बेंगलोरले ७ विकेटमा १ सय ७१ रन बनाएको थियो।

जवाफमा मुम्बईले ६ बलको खेल बाँकी रहेको बेला ५ विकेटमा १ सय ७२ रन बनायो। श्रीलंकाली बलर ललिथ मलिंगाले ३१ रनमा ४ विकेट लिए र म्यान अफ द म्याच बने।

प्रकाशित : वैशाख ३, २०७६ १०:०७
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रियल बराबरीमा रोकियो

एजेन्सी

म्याड्रिड — रियल म्याड्रिड सोमबार राति स्पेनी ला लिगमा बराबरीमा रोकिएको छ । उसलाई लेगानेसले १-१ को बराबरीमा रोकेको हो । 

लेगानेसले आफ्नो घरेलु मैदानमा जोनाथन सिल्भाको गोलले ४५ औं मिनेटमा अग्रत लिएको थियो। रियलका लागि करिम बेन्जेमाले ५१ औं मिनेटमा बराबरी गोल फर्काए।

जिनेदिन जिदानको रियल ६१ अंकमा लिग तालिकाको तेस्रो स्थानमा छ। उसको अगाडि बार्सिलोनाको ७४ र एटलेटिको म्याड्रिडको ६५ अंक रहेको छ।

प्रकाशित : वैशाख ३, २०७६ १०:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT