३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विभागीयसहित गण्डकी सेमिफाइनलमा

कमल पन्थी

बर्दिया — बाँसगढी नगरपालिका–४ मगरपुरस्थित सामुदायिक वन फाँटामा निर्माणाधीन कभर्डहलमा जारी कबड्डीमा पुरुष तर्फ आर्मी, एपीएफ र गण्डकी प्रदेश सेमिफाइनलमा पुगेका छन् । 

सोमबार मधुरो प्रकाशका कारण हुन नसकेको प्रदेश ५ र कर्णाली प्रदेशबीचको खेल मंगलबार बिहान खेलाइने छ । महिलातर्फ आर्मी, प्रदेश ५ र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेका छन् । एपीएफ र सुदूरपश्चिमबीचको विजेता चौथो टोलीका रुपमा अघि बढ्ने छ ।


पुरुषतर्फ सुदूरपश्चिमविरुद्ध नेपाल पुलिस ४२–३५ अंकले विजयी भयो । प्रदेश ३ ले कर्णाली प्रदेशलाई ६४–२७ ले, एपीएफले प्रदेश १ लाई ६८–२५ ले र गण्डकी प्रदेशले प्रदेश ५ लाई ३७–३६ अंकको साँघुरो अन्तरले पराजित गरेको थियो ।


महिलातर्फ गण्डकीले कर्णाली प्रदेशलाई ५४–२९, एपीएफले प्रदेश ३ लाई ३५–२९, प्रदेश ५ ले प्रदेश ३ लाई ३०–२३ ले हराए । पुलिसले प्रदेश १ माथि ७१–२२ को जित पायो । आर्मीले सुदूरपश्चिमलाई ६३–३२ अंकले हरायो ।


बुद्धिचाल

ठाकुरद्वारा नगरपालिकाको गैडा क्याम्प कटेजमा सञ्चालित बुद्धिचालमा महिलातर्फ आर्मीकी सुजना लोहनी ६ अंक अगाडि रहेकी छन् । आर्मीकी सिन्दिरा जोशी र प्रदेश १ की कृपा अधिकारी समान अंकसाथ दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका प्रदेश १ की शान्ति रिमाल, प्रदेश २ की विशाखा जैसवाल, प्रदेश ३ की अनिशा न्यौपाने, गण्डकी प्रदेशकी पूजा भण्डारी, एपीएफकी विनिता कपाली र आर्मीकी सुरुचि सिंहले ४ अंक बटुलेका छन् ।


पुरुषतर्फ एपीएफका क्षितिज भण्डारीले पाँचौं राउन्डमा पुलिसका पुरुषोत्तम चौलागाईंसँगको खेल बराबरीमा टुंग्याए । छैटौं राउन्डमा आर्मीका अनुभवी खेलाडी कृष्ण थापालाई माथ दिँदै ५ अंकसाथ क्षितिजले अग्रता बनाएका छन् ।


नेपाल च्याम्पियन पुलिसका मदनकृष्ण कायस्थले छैटौं राउन्डमा पुरुषोत्तमसँग बराबरी खेले । पुलिसका मनीष हमाल, सूरवीर लामा, आर्मीका भूपेन्द्र निरौला, सजिन महर्जन, एपीएफका प्रकाश नेपाल साढे ४ अंकसाथ उपाधी होडमा छन् । स्पर्धा ९ राउन्डसम्म चल्नेछ ।

प्रकाशित : वैशाख ३, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?