कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालले ओमानलाई १५० रनले हरायो

काठमाडौँ — उन्नाइस वर्षमुनिको आईसीसी (यू-१९) एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट अन्तरगत मंगलबार भएको खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ ।

नेपालले ओमानलाई १५० रनले हरायो

मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा मंगलबार भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रन बनाएको थियो ।


जवाफी ब्याटिङ गर्न आएको ओमानले ४४.१ ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनाउन सफल भएको थियो । नेपालका लागि पवन सर्राफले ३ विकेट तथा प्रतिस जीसी, सूर्य तामाङले २-२ विकेट लिएका थिए । यस्तै कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीले १-१ विकेट लिएका थिए ।


ओमानका लागि पुच्छारका दुई ब्याट्स्म्यानले मात्रै दोहोरो अंक जोड्न सफल भएका थिए ।

नेपाली टोलीका भने कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे ।

बलिङतर्फ ओमानका मुजाहिर राजा, सञ्जय रवीन्द्र, जिल तन्ना र अजम अलीले २-२ विकेट झारे ।


यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा पराजय भोगेको छ ।


नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा युएइसँग एक रनले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा नेपालले मलेसियालाई आठ विकेटले हराएको थियो ।

प्रकाशित : वैशाख ३, २०७६ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?