१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आर्मी र प्रदेश ५ फाइनलमा

कमल पन्थी

(बर्दिया) — त्रिभुवन आर्मी क्लब र प्रदेश ५ कबड्डीको पुरुषतर्फ फाइनलमा पुगेका छन् । मंगलबार आर्मीले गण्डकी प्रदेशलाई ३८-२९ अंक प्राप्त गरी फाइनलमा पुगेको हो ।

अर्को सेमिफाइनलमा प्रदेश ५ ले नेपाल एपीएफ क्लबलाई ३५-२८ ले हरायो । महिलातर्फ आर्मी र नेपाल पुलिस क्लब फाइनल खेल्ने छन् । आर्मीले सुदूरपश्चिमलाई ४९-१७ ले पराजित गरेको छ । पुलिसले प्रदेश नम्बर ५ लाई ३४-२४ ले हराएर फाइनलमा पुगेको छ । जिल्लाको बाँसगढी नगरपालिका ४ मगरपुरस्थित सामुदायिक वन फाँटामा निर्माणाधीण कभर्डहलमा सञ्चालित कबड्डी खेलको फाइनल बुधबार हुनेछ ।


बुद्धिचालमा सेनाकी सृजना च्याम्पियन ठाकुरद्वारा नगरपालिकाको गैंडा क्याम्प कटेजमा सञ्चालित बुद्धिचाल प्रतियोगितामा महिलातर्फ नेपाली सेनाकी सुजना लोहनी ८ अंकका साथ च्याम्पियन बनिन् । उनले १ खेल बाँकी हुँदा शतप्रतिशत नतिजा ल्याइन् ।


नेपाली सेनाकी पूर्व च्याम्पियन सिन्दिरा जोशी ६.५ अंक ल्याई दोस्रो स्थान भइन् । गण्डकी प्रदेशकी पूजा भण्डारी ६ अंकका साथ तेस्रो स्थान र प्रदेश १ की कृपा अधिकारी ५.५ अंक ल्याई चौथो भइन् । पुरुषतर्फ प्रहरीका मनीष हमाल र पुरुषोत्तम चौलागाई तथा सेनाका सजिन महर्जन र ६.५ अंक ल्याई अग्रस्थानमा छन् । प्रहरीका मदनकृण्ण कायस्थ ६ अंक छ । एपीएफका क्ष्ाितीश भण्डारी, नेपाल प्रहरीका शूरवीर लामा ५.५ अंक छ ।


प्रकाशित : वैशाख ४, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?