२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

आठौं राष्ट्रिय खेलकुद आज उद्घाटन

बाँके — अधिकांश खेलहरू चैत अन्तिमदेखि नै सुरु भए पनि आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन बिहीबार साँझ हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको सबै तयारी पूरा भएको र बिहीबार साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जानकारी गराएको छ ।

आठौं राष्ट्रिय खेलकुद आज उद्घाटन

बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा राखेप सदस्यसचिव केशवकुमार विष्टले देशकै बहुप्रतीक्षित राष्ट्रिय खेलकुदको आठौं संस्करण उद्घाटनका लागि नेपालगन्ज रंगशाला तयार रहेको जानकारी दिए ।


११ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम बुधबार सम्पन्न भएको छ । बिहीबार साँझ साढे ५ बजेदेखि उद्घाटन कार्यक्रम सुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्घाटनमा नेपाली सेना, एपीएफ, नेपाल प्रहरी तथा विद्यालयका बालबालिका तथा सांस्कृतिक समूहबाट झाँकी प्रस्तुत गरिनेछ । गायिका कोमल वलीको विशेष प्रस्तुति रहने बताइएको छ ।


बिहीबार नेक्रवित्रम चन्द नेतृत्वको नेकपाले नेपाल बन्दको आहृवान गरेको छ । सुरक्षाका कारण राष्ट्रपति भण्डारी उद्घाटन समारोहमा उपस्थित हुने निश्चितता भइसकेको भने छैन । सदस्यसचिव विष्टले आठौं राष्ट्रिय खेलकुदसँग सरोकार राख्ने व्यक्ति तथा संस्थामा अवरोध नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेका छन् ।


‘हामीले कुनै राजनीतिक दलविशेषको प्रचारका लागि आठौं खेलकुद आयोजना गरेका होइनौं । यो त राष्ट्रिय गौरवको आयोजना हो र यसमा अवरोध गर्ने जुनसुकै राजनीतिक पार्टी वा समूहको पनि भलो हुँदैन,’ उनले भने, ‘बन्दको आहृवान गर्ने पक्षसँग मेरो अनुरोध छ कि आठौंसँग सरोकार भएका सबै कामहरू निर्बाध रूपमा सञ्चालन हुन दिइयोस् ।’

प्रकाशित : वैशाख ५, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?