१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिटी फेरि निराश

एएफपी

म्यानचेस्टर — पेप ग्वार्डिओलाले युरोपेली च्याम्पियन्स लिगमा फेरि एकपल्ट बुधबार राति तीतो अनुभव बटुल्न बाध्य भएका छन् । उनको म्यानचेस्टर सिटी फेरि प्रतियोगितामा अन्तिम आठबाटै बाहिरिएको छ र यसपल्ट उसलाई निराश पार्ने टिम रह्यो, टोटनहम ।

सिटी फेरि निराश

इतिहाडमा भएको दोस्रो लेगको खेल ४–३ ले जितेपछि सिटी घरेलु मैदान बाहिरको गोलको आधारमा प्रतियोगिताबाट बाहिरएको हो । सिटीको व्यवस्थापक बनेयता ग्वार्डिओलाको टिम लगातार तीन सिजन सेमिफाइनल पुग्न असफल रहेको छ ।


सन् २०११ मा ग्वार्डिओलाले बार्सिलोना प्रशिक्षकका रूपमा युरोपेली उपाधि जितेका थिए । तर त्यसयता त्यही उपाधि फेरि जित्न उनले लामो प्रतीक्षा गरिसकेका छन् । सिटी दुई लेगको खेलपछि ४–४ को बराबरीमा रहेपनि त्यो उसलाई अन्तिम चारमा पुर्‍याउन पर्याप्त रहेन ।


सिटीले रहिद स्टर्लिङको गोलले अग्रता लिएयता टोटनहमका तर्फबाट दक्षिण कोरियाली खेलाडी ह्वेन सङ–मिनले लगातार दुई गोल गरे । त्यसपछि सिटीले तीन गोल गरेको थियो ।


ती गोल बर्नार्डो सिल्भा, स्टर्लिङ र सर्जियो एगुरोको नाममा रह्यो । टाइको निर्णायक गोल भने टोटनहमका तर्फबाट फर्नान्डो लोरेन्टेले ७३ औं मिनेटमा गरे ।


प्रकाशित : वैशाख ५, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?