हैदरावाद — सनराइज हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा बुधबार राति चेन्नाइ सुपर किंग्लसलाई ६ विकेटले हराएको छ । चेन्नाइको कमजोर ब्याटिङपछि हैदरावादको सजिलो जित सम्भव भएको हो ।
पहिले ब्याटिङ गरेको चेन्नाइले ५ विकेटमा १ सय ३२ रन बनाएको थियो । जवाफमा डेविड वार्नरको अर्धशतकको मदतले हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाएर १ सय ३७ रन बनायो ।