आठौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा प्रदेश १ सेमीफाइनलमा

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत लमहीको क्रिकेट मैदानमा भएको महिला क्रिकेट प्रतियोगितामा प्रदेश १ ले प्रदेश २ लाई १० विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको खेलमा प्रदेश नम्बर २ लाई पराजित गरेसँगै एक खेल अगावै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको हो ।

आठौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा प्रदेश १ सेमीफाइनलमा

टस जितेर प्रदेश नम्बर १ ले पहिलो फिल्डिङ रोजेको थियो । प्रदेश २ ले २० ओभरको खेलमा आठ विकेट गुमाउँदै ५४ रन बनायो । निरकुमारी बलमपाकीले ३८ बलमा १७ रन र अनुराधा चौधरीले २२ बल १६ रन जोडिन् । बलिङ्गतर्फ प्रदेश १ की संगिता राईले ४ ओभर १ मेडन फाल्दै ७ रन खर्चिएर पाँच विकेट लिइन् । यस्तै अप्सरी वेगमले ४ ओभरमा ८ रन खर्चिएर २ विकेट लिइन् । रश्मी शर्माले चार ओभरमा २० रन खर्चिएर १ विकेट लिइन् ।


प्रदेश नम्बर १ ले ९.५ ओभरमा लक्ष्य भेट्याउन सफल भयो । विना विकेटको क्षतिमा ५७ रन हान्दै प्रदेश १ लक्ष्य भेट्टाउन सफल भएको हो । प्रदेश १ की कप्तान रुविना क्षेत्रिले २७ वलमा ३३ रन र काजल श्रेष्ठ ३५ वलमा २० रन जोड्दै नट आउट भए । वुमन अफ द म्याच प्रदेश १ कि संगिता राई भइन् ।


प्रकाशित : वैशाख ५, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?