युभेन्ट्सले जित्यो उपाधि

एजेन्सी

टुरिन — युभेन्ट्सले शनिबार राति लगातार आठौं पल्ट इटालीको सिरी ए उपाधि जितेको छ । यसका लागि उसले घरमा फियोरेन्टिनालाई २-१ ले हरायो । 

गत साता एसपीएलसँग पराजित भएपछि युभेन्ट्सले जितका लागि थप एक साता कुर्नु परेको हो । फियारेन्टिनाले पनि सुरुआती अग्रता लिएपछि युभेन्ट्स खेलमा फर्कन सफल रह्यो ।

यसपल्टको जितमा उसका लागि एलेक्स सान्ड्रोले बराबरी गोल फर्कायता निर्णायक गोल फियारेन्टिनाको घात्मघाती रह्यो । युभेन्ट्सको ३३ खेलबाट ८७ अंक भएको छ । दोस्राेमा रहेको नेपोलीको ३२ खेलबाट ६७ अंक मात्र छ ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?