३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एपीएफमाथि आर्मीको सानदार जित

मनोज पौडेल

कपिलवस्तु — त्रिभुवन आर्मी क्लबले महिला फुटबलमा एपीएफमा ३–० को जित निकालेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा शनिबार पहिलो हाफसम्म दुवैले गोलरहित बराबरी खेलका थिए । 

एपीएफमाथि आर्मीको सानदार जित

निकै प्रतिस्प्रधात्मक खेलको ५० औं मिनेटमा इन्दिरा राईले गोल गरिन् । ६४ औं मिनेटमा आर्मीका शर्मिला थापाले दोस्रो गोल गरिन् । ६९ औं मिनेटमा कृष्णा खत्रीले तेस्रो गोल गरेर आर्मीलाई ३–० को स्पष्ट जित दिलाइन् । सेना र सशस्त्रको खेल हेर्न दर्शकको उपस्थिति बाक्लो थियो । लिगको ४ खेलमा सशस्त्रले ३ जित निकालेको छ । सेनाले ३ खेल खेलेर ३ जित नै निकालेको छ । सेनाले आइतबार कर्णाली प्रदेशसँग खेल खेल्दै छ ।

अर्को खेलमा प्रदेश १ ले पहिलो जित दर्ता गरेको छ । प्रदेश १ ले कर्णालीलाई २–० ले पराजित गर्‍यो । दोस्रो हाफको १२ औं मिनेटमा पवित्रा राईले खाता खोलिन् । दोस्रो हाफको २४ औं मिनेटमा सावित्रा राईले दोस्रो गोल गरिन् । ३ खेल हारेर कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरियो । यसअघि कर्णाली सशस्त्रको एपीएफसँग २३–० गोल अन्तरले पराजित भएको थियो ।


पुलिसको विजय यात्रा जारी

दाङ– नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ७–० गोलले पराजित गरेको छ । घोराहीको भरतपुर मैदानमा पुलिसकी निरु थापा र जर्सी निर्मला बिकले ह्याट्रिक गरिन् । निरुले अघिल्लो दिन प्रदेश ५ सँग पनि ह्याट्रिक गरेकी थिइन् । उनले ४२ औं तथा दोस्रो हाफको ८ र ४२ औं मिनेटमा गोल गरेकी थिइन् । निर्मलाले पहिलो हाफको २० तथा दोस्रो हाफको १६ र ४९ औं मिनेटमा गोल गरिन् । रञ्जिता गुरुङले ३९ औं मिनेटमा एक गोल गरिन् ।

प्रदेश ३ ले प्रदेश ५ लाई ३–० गोलले पराजित गर्‍यो । प्रदेश ३ बाट पहिलो हाफको ३५ औं र दोस्रो हाफको ७ औ मिनेटमा मनीषा मगरले तथा पार्वती घलेले दोस्रो हाफको १७ औं मिनेटमा गोल गरिन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?