कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आर्मीको अग्रता

लेखनाथ — पहिलोपल्ट राष्ट्रिय खेलकुदमा समावेश प्याराग्लाइडिङमा आर्मीले अग्रता लिएको छ । एक्युरेसी र क्रसकन्ट्रीका स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीका खेलाडीले अग्रस्थान ओगटेका हुन् । 

आर्मीको अग्रता

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरामा शनिबारदेखि सुरु प्रतियोगिताको दोस्रो दिनसम्म विभागीय टिम आर्मी टिम एक्युरेसीमा १४५ अंकसाथ पहिलो, प्रदेश एक ९५५ अंकसाथ दोस्रो र गण्डकी प्रदेश १३५५ अंकसाथ तेस्रो स्थानमा छन् ।


व्यक्तिगत एक्युरेसीमा पुरुषतर्फ आर्मीकै खेलाडी अगाडि छन् । आर्मीका सागर जलारी र सागर नेपालीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । जलारी ८ अंकसाथ अग्रस्थानमा छन् भने नेपाली ११ अंकसाथ दोस्रो स्थानमा छन् । प्रदेश १ का रोशन बस्नेत १९ अंकसाथ तेस्रो स्थानमा छन् ।


व्यक्तिगत एक्युरेसी महिलातर्फ दुई दिनको खेल तालिकामा आर्मीकी दुर्गामाया १७७ अंकसाथ पहिलो स्थानमा उक्लिएकी छन् । गण्डकी प्रदेशकी सविता तामाङ २८७ अंकसाथ दोस्रो र गण्डकी प्रदेशकै प्रतिभा बोगटी ३७९ अंकसाथ तेस्रो स्थानमा छन् । शनिबार र आइतबार टिम र व्यक्तिगत एक्युरेसीका ४ राउन्डमा खेल भएका हुन् । सोमबार अन्तिम एक राउन्डको खेल बाँकी रहेको इभेन्ट म्यानेजर विमल अधिकारीले बताए ।


क्रसकन्ट्रीतर्फ आइतबार ३० किलोमिटरको टास्क झएको छ । क्रसत्रन्ट्रीतर्फ पनि आर्मीले उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । आर्मीले क्रसकन्ट्री टिममा ५९३३ अंकसाथ पहिलो स्थान बनाएको छ । गण्डकी प्रदेश ५८९३ अंकसाथ दोस्रो र फ्रदेश नम्बर तीन ५६९५ अंकसाथ तेस्रो स्थानमा छन् ।


क्रसकन्ट्रीको व्यत्तिगत पुरुषतर्फ दुई दिनको खेलमा आर्मीका सुरज थापा १७४६ अंक बटुलेर पहिलो स्थानमा छन् । प्रदेश ३ का कृष्णबहादुर सुनुवार १६११ अंकसाथ दोस्रो र नेपाली सेनाकै विशाल थाफा १६०६ अंकसाथ तेस्रो स्थानमा छन् ।


क्रसकन्ट्रीको व्यत्तिगत महिलातर्फ गण्डकी प्रदेशकी त्रिशा बमजन ७७७ अंकसाथ पहिलो, प्रदेश १ की सुस्मिता सुनुवार २८८ अंकसाथ दोस्रो र आर्मीकी स्वस्तिका गुरुङ २७९ अंकसाथ तेस्रो स्थानमा छन् । प्रतियोगिताको अन्तिम दिन सोमबार भएको प्रदर्शनको आधारमा विजेता घोषित हुने प्यराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका महासचिव शैलेन्द्र राउतले बताए । प्याराग्लाइडिङमा विभागीय टिम आर्मी र ५ प्रदेश गरी ६ टिमका ५९ खेलाडीले ६ स्वर्णपदकका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?