१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

दिल्ली उक्लियो शीर्ष स्थानमा

एजेन्सी

जयपुर — दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ मा सोमबार राति शीर्ष स्थान कब्जा गरेको छ । उसले यसका लागि राजस्थान रोयल्सलाई ६ विकेटले हरायो । 

दिल्ली उक्लियो शीर्ष स्थानमा

दिल्लीको ११ खेलबाट १४ अंक भएको छ । राजस्थान भने पुछारबाट दोस्रोमा छ । पहिले ब्याटिङ गरेको राजस्थानले अजिन्के रहानेको १ सय ५ रनको मदतले ६ विकेटमा १ सय ९१ रन बनायो ।


जवाफमा दिल्लीले ४ बलको खेल बाँकी छँदा ४ विकेटमा १ सय ९३ रन बनायो । उसका लागि ऋषव पन्तले ३६ बलमा आक्रामक ७८ रन बनाए ।


प्रकाशित : वैशाख १०, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?