उसुमा निमा च्याम्पियन

बाँके — १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी त्रिभुवन आर्मी क्लबकी निमा घर्ती मगर र सोही विभागकी मीना ग्लानले स्वर्ण जितेका छन् । महिला नान् छवान्/नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अञ्जिता स्याङ्तान दोस्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेस्रो भए ।

उसुमा निमा च्याम्पियन

महिला थाइची छान/थाइची चेनमा आर्मीकी मीना ग्लान १८.२१ अंकसाथ पहिलो भइन् । मीनाले १२ औं सागकी रजत विजेता आर्मीकै सविता राईलाई पछि पारिन् । सविताले १७.९८ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी सम्झना चौधरी तेस्रो भइन् । पुरुष थाइची छान/थाइची चेनमा आर्मीका हरिप्रसाद गोल पहिलो भए ।


उनले १८.४८ अंक जोडे । प्रदेश ३ का पासाङ शेर्पा दोस्रो तथा सुदूरपश्चिमका जनक बुढा तेस्रो बने । पुरुष नान छान/नान कुनमा कर्णाली प्रदेशका दीपक हमालले स्वर्ण जिते । उनले १९.१ अंक प्राप्त गरे । एपीएफका युवराज थापाले रजत तथा एपीएफकै सन्नी श्रेष्ठले कांस्य हात पारे ।


ह्यान्डबल

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा एपीएफ र गण्डकी प्रदेश उपाधिका लागि भिड्ने भएका छन् । नेपालगन्ज रंगशाला परिसरमा भएको सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३२–२६ ले पराजित गर्‍यो ।


एपीएफका लाकेन्द्र चन्दले ९ गोल गरे । अर्को सेमिफाइनलमा गण्डकीले प्रदेश ३ लाई ४०–१८ को फराकिलो गोलअन्तरले हरायो । गण्डकीका दिनेश श्रेष्ठ तथा करण थापाले समान ७–७ गोल गरे । प्रदेश ३ का अमर श्रेष्ठले पनि ७ गोल गरे ।


नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालयको मैदानमा भएको महिलातर्फको उपाधि भिडन्त विभागीय टोली आर्मी र एपीएफबीच हुने भएको छ । आर्मीले प्रदेश १ लाई ३८–१७ ले पाखा लगायो । आर्मीकी कविता राईले ११ गोल गरिन् । एपीएफले गण्डकीलाई २२–४ ले पन्छायो । एपीएफकी देवी श्रेष्ठले ७ गोल गरिन् । पुरुष/महिला दुवैको फाइनल मंगलबार नेपालगन्ज रंगशाला परिसरमा अपरान्ह ३ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित : वैशाख १०, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?