१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश १ सफ्ट टेनिस च्याम्पियन

घनश्याम गौतम

रूपन्देही — दुई स्वर्ण जित्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एघारौं सफ्ट टेनिसतर्फ प्रदेश १ टिम च्याम्पियन भएको छ  । मंगलबार फाइनलमा पुरुष एकल र टिम इभेन्ट पुरुषमा समेत स्वर्ण जित्दै प्रदेश १ टिम विजेता बनेको हो  ।

देविनगरस्थित लन टेनिस कम्प्लेक्समा पुरुष एकलतर्फको फाइनलमा प्रदेश १ का युकेश योञ्जनले स्वर्ण जिते । उनले प्रदेश ३ का प्रदीप खत्रीलाई ४–२ को सेटमा पराजित गरे । प्रदेश १ का रनिश तामाङ र प्रदेश ५ का सुरज चौधरी तेस्रो हुँदै कांस्य पाए ।

महिला एकलमा प्रदेश ३ की चन्द्रमाया राईले एपीएफकी भगवती विकलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण जितिन् । प्रदेश १ का श्रीया योजन र गण्डकी प्रदेशका प्रीति बराल तेस्रो हुँदै कांस्य पदक जिते । टिम इभेन्ट पुरुषमा प्रदेश १ ले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको छ । प्रदेश ३ र प्रदेश ५ तेस्रो हुँदै कांस्य जिते ।

टिम इभेन्टकै महिलातर्फ प्रदेश ५ ले स्वर्ण जितेको छ । प्रदेश १ लाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । गण्डकी प्रदेश र प्रदेश ३ तेस्रो भए । पुरुष युगलमा नेपाल पुलिसका कमल भण्डारी र नौबहादुर लुगेलीको जोडीले प्रदेश १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे ।

प्रदेश ३ का प्रदीप खत्री र वृजेश पाण्डे तथा प्रदेश ५ का शुभम खनाल र सुरज चौधरीको जोडी तेस्रो भए । महिला युगलतर्फ प्रदेश ३ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले प्रदेश ५ का आश्मा भुसाल र रीतिका चौधरीको जोडीलाई फाइनलमा ५–० को सेटमा पराजित गर्दै स्वर्ण आफ्नो नाममा पारे । प्रदेश १ का श्रीया योञ्जन र जर्जिया चौधरीको जोडी तथा प्रदेश ४ का प्रीति बराल र सृष्टिका उदासको जोडीले कांस्य पदक पाए ।

मिश्रित युगलतर्फ प्रदेश ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले प्रदेश १ का युकेश योञ्जन र जर्जिया चौधरीको जोडीलाई टाइबेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जिते । आशिष बोहरा र श्रीया योञ्जनको जोडी तथा सुरज चौधरी र रीतिका चौधरीको जोडी तृतिय हुँदै कांस्य पाए । प्रतियोगितामा प्रदेश ५ ले अनुशासित टिमको अवार्ड पायो । सात इभेन्टमा ६८ खेलाडी सहभागी भएका थिए ।

प्रकाशित : वैशाख ११, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?