२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

आठौं राष्ट्रिय खेलकुद : गौरिकालाई थप ४ स्वर्ण

बाँके — ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट लय कायमै राख्ने क्रममा राष्ट्रिय पौडीको तेस्रो दिन मंगलबार थप ४ स्वर्ण जितेकी छन्  । ४ मध्ये एक स्पर्धामा उनले राष्ट्रिय कीर्तिमान सुधार गरिन्  ।

आठौं राष्ट्रिय खेलकुद : गौरिकालाई थप ४ स्वर्ण

बाँके - ओलम्पियन गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट लय कायमै राख्ने क्रममा राष्ट्रिय पौडीको तेस्रो दिन मंगलबार थप ४ स्वर्ण जितेकी छन् । ४ मध्ये एक स्पर्धामा उनले राष्ट्रिय कीर्तिमान सुधार गरिन् । योसँगै जारी प्रतियोगितामा गौरिकाको स्वर्ण संख्या ८ पुगेको छ ।नेपालगन्जस्थित होटल सिग्नेटको पोखरीमा जारी प्रतियोगितामा गौरिकाले १ सय मिटर बटरफ्लाई स्पर्धामा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरी स्वर्ण जितिन् । पहिलोपल्ट राष्ट्रिय खेलकुदमा सहभागिता जनाएर त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गरेकी गौरिकाले १ मिनेट ७.९७ सेकेण्डको टाइमिङ निकालिन् । गत वर्ष २२ औं राष्ट्रिय पौडीमा उनले यस स्पर्धामा १ मिनेट ८.६३ सेकेन्डको कीर्तिमान रचेकी थिइन् ।

महिलाकै २ सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले २ मिनेट ४१.२५ सेकेण्डको टाइमिङका साथ स्वर्ण जितिन् । पुलिसकी अनुश्का पोखरेलले ३ मिनेट ०.६३ सेकेन्डमा दूरी पूरा गरी रजत र एपीएफकी दिया स्थापितले ३ मिनेट ६.४७ सेकेण्डको टाइमिङका साथ कास्य जितिन् । २ सय मिटर फ्रिस्टाइलमा गौरिकाले २ मिनेट ९.१९ सेकेन्डको टाइमिङका साथ स्वर्ण जित्दा कीर्तिमान सुधार गर्न चुकिन् । गत वर्षको प्रतियोगितामा उनले यस स्पर्धामा यही टाइमिङ निकालेकी थिइन् । यस स्पर्धामा आर्मीकै डुवाना लामाले २ मिनेट १८.१० सेकेण्डमा दूरी पूरा गरेर रजत तथा एपीएफकी टिसा साक्यले २ मिनेट २६.३१ सेकेन्डमा दूरी पूरा गरी कास्य जितिन् ।

२ सय मिटर फ्रिस्टाइलमा पुरुषतर्फ स्वर्ण जितेका पुलिसका गौरव लामा गौरिकाभन्दा करिब ११ सेकेन्डले पछि छन् । उनले २ मिनेट २०.२८ सेकेन्डको टाइमिङसहित स्वर्ण जितेका हुन् । २ मिनेट २२.७८ सेकेन्डमा दूरी पूरा गरेका पुलिसकै तरुण भण्डारीले रजत र २ मिनेट २४.७८ सेकेन्डको टाइमिङ निकालेका एपीएफका उर्गेन महर्जनले कांस्य जिते ।

पाँच स्वर्ण विजेता डुवाना लामा, आठ स्वर्ण जितेकी गौरिका सिंह र स्वर्ण पदक विजेता शुभम् श्रेष्ठ  (बायाँबाट क्रमशः)। तस्बिर: केशव थापा

पुरुष १ सय मिटर बटरफ्लाइको हिट चरणमा पुलिसका सायेद हेम्जा शाहले कीर्तिमान राखे । उनले अनुभव सुब्बाको नाममा रहेको १ मिनेट १.१ सेकेन्डको कीर्तिमान तोड्दै १ मिनेट ०.२५ सेकेन्डको नयाँ कीर्तिमान राखे पनि फाइनल चरणमा भने अनुभवसँगै पराजित भए । फाइनल चरणमा अनुभवले १ मिनेट ०.६२ सेकेन्डको टाइमिङका साथ स्वर्ण जित्दा सायेदले १ मिनेट ०–६६ सेकेन्डका साग रजतमा सीमित बने । एनआरएनएका नाथान दोर्जे शेर्पाले १ मिनेट १.७५ सेकेन्डको समयका साथ कास्य जिते । पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा एपीएफका शुभम श्रेष्ठले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरी स्वर्ण जिते । उनले ३२.०१ सेकेन्डको कीर्तिमान सुधार गरी ३१.९० सेकेन्डको नया कीर्तिमान लेखाए । पुलिसका दीपंकर अवालेले ३३.२५ सेकेन्डमा दूरी पूरा गरी रजत जित्दा एपीएफका बेधाग्यराज जोशीले ३४.४२ सेकेन्डको टाइमिङका साथ कांस्य जिते ।

पुरुष २ सय मिटर ब्याकस्ट्रोकमा एनआरएनएका नाथान दोर्जे शेर्पाले २ मिनेट १६.५० सेकेन्डको टाइमिङका साथ स्वर्ण जिते । एपीएफका तेन्जिङ गुरुङले २ मिनेट २७.३२ सेकेन्डको टाइमिङ निकाल्दै रजत र एपीएफकै नसिर हुसेनले २ मिनेट ३०.०३ सेकेन्डमा दूरी पूरा गरी कांस्य जिते । ५० मिटर ब्रेस्टस्ट्रोकको महिलातर्फ आर्मीकी डुवाना लामाले ३६ सेकेन्डको टाइमिङका साथ स्वर्ण जितिन् । आर्मीकी उपास्थी महर्जनले ३६.८८ को टाइमिङमा रजत र एपीएफकी टिसा शाक्यले ३७.६० को टाइमिङका साथ कास्य जितिन् ।

महिलाको चार गुणा १ सय मिटर रिलेमा टिम आर्मीले स्वर्ण जिते । गौरिका सिंह, उपास्थी महर्जन, डुवाना लामा र सोफिया शाहको टिमले निर्धारित दूरी ५ मिनेट ५१.८९ सेकेन्डमा पूरा गरे । नेपाल पुलिसका समिरा शोभा थापा मगर, अनुश्का पोखरेल, अदिप्शा बैद्य र अनुशिया तण्डुकारको टिमले ५ मिनेट २४.९१ सेकेन्डमा दूरी पूरा गरी रजत जिते । एपीएफका उस्का महर्जन, दिया स्थापित, श्रीबी महर्जन र टिसा शाक्यको टिमले ५ मिनेट ४३.६९ सेकेण्डमा दूरी पूरा गरी कास्य जिते ।

यही स्पर्धाको पुरुषतर्फ नेपाल पुलिसको टिमले स्वर्ण जित्यो । पुलिसका सायेद हेम्जा शाह, दीपांकर अवाले, तरुण भण्डारी र गौरव लामाको टिमले ४ मिनेट २८.२५ सेकेन्डको टाइमिङ निकाल्दै स्वर्ण जित्यो । रजत जितेको एपीएफका तेन्जिङ गुरुङ, शुभम श्रेष्ठ, नसिर हुसेन र वेदाज्ञ राज जोशीको टिमले ४ मिनेट २९.०० सेकेन्डको टाइमिङ निकाल्यो । आर्मीका अजेक्जान्दर शाह, चन्द्रसिंह ठकुरी, अनुभव सुब्बा र दिलीप थापाको टिमले ४ मिनेट ३१.४७ सेकेन्डको टाइमिङ निकाल्यो । मंगलबार १० स्पर्धाको फाइनल सम्पन्न भयो । प्रतियोगिता बुधबारसम्म चल्नेछ ।

प्रकाशित : वैशाख ११, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?