कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महिला फुटबलको उपाधि एपीएफलाई

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि एपीएफले हात पारेको छ । बुधबार बेलुका बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा ट्राइबेकरबाट त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले स्वर्णपदक हात पारेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै पक्षले गोल गर्न नसकेपछि अन्तिम नतिजा ट्राइबेकरबाट निकालिएको हो ।

महिला फुटबलको उपाधि एपीएफलाई

ट्राइबेकरमा एपीएफले चार गोल गरेको थियो भने आर्मी तीन गोलमा सीमित भएको थियो । दर्शकहरुले खचाखच भरिएको रंगशालामा खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो ।


खेलमा नेपाल पुलिस क्लब तेस्रो भएको छ । बिहान बेलझुण्डी रंगशालामा भएको प्रदेश ३ सँगको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा शर्ट एण्ड डेथबाट पुलिसले जीत हासिल गरेको हो । पहिलो हाफमा कसैले पनि गोल गर्न सकेनन् । दोस्रो हाफको २७ औं मिनेटमा प्रदेश ३ की जर्सी नम्बर ७ की मनिषा थापाले गोलको खाता खोलिन् । त्यसपछि ३४ औं मिनेटमा पुलिसकी जर्सी नम्बर १४ की निरु थापाले जवाफी गोल फर्काइन् । निर्धारित समयमा एक/एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा ४/४ को बराबर गोल भएपछि अन्तिम नतिजा शर्ट एण्ड डेथमा निकालिएको थियो ।


ट्राइबेकरमा पुलिसकी जर्सी नम्बर १४ की निरु थापा, १८ की घिमकुमारी गुरुङ, ८ की सिर्जना खड्का र ७ की निर्मला विकले गोल गरेका थिए । ट्राइबेकरमा जर्सी नम्बर ५ की अमृता जैसीले गोल गर्न सकिनन् । त्यसपछि शर्ट एण्ड डेथमा जर्सी नम्बर ४ की रेविका पाण्डे र १९ की रञ्जिता गुरुङले गोल गरेर पुलिसलाई विजयी बनाए ।


यसैगरी, ट्राइबेकरमा प्रदेश ३ की जर्सी नम्बर ८ की शुभद्रा खड्का, ११ की सञ्जु कुँवर, १८ की सुष्मा तामाङ र ७ की मनिषा थापा मगरले गोल गरेका थिए । जर्सी नम्बर ६ की रजनी श्रेष्ठले गोल गर्न सकिनन् । त्यसपछि शर्ट एण्ड डेथमा जर्सी नम्बर १९ की पार्वती घले गोल गर्न सफल भइन् भने १० की लक्ष्मी तामाङले गोल गर्न सकिनन् ।

प्रकाशित : वैशाख ११, २०७६ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?