कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

केपीएल आजदेखि

कृष्णप्रसाद गौतम

सुर्खेत — वीरेन्द्रनगरमा विहीबारबाट दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) को आयोजना सुरु हुदैं छ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीय र अन्य ६ टोलीले सहभागिता जनाउने छन् । 

प्रतियोगिता सञ्चालनका लागि खेलमैदान मर्मत तथा सम्भार लगायतका सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । उद्घाटन खेलमा घरेलु टोली कर्णाली–११ र झापाको लालिगुराँस क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।


पहिलो दिन एक खेल हुने भए पनि अन्य दिनमा भने दुई खेल सञ्चालन हुने आयोजक कर्णाली क्रिकेट एकेडेमीले जनाएको छ । आठ टिमलाई दुई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिने आयोजक संस्थाका अध्यक्ष जीवन शाहीले जानकारी दिए ।


समूह ‘ए’ मा घरेलु टोली कर्णाली–११, नेपाल आर्मी, मध्यफश्चिम क्रित्रेट क्लव र लालीगुराँस क्रिकेट एकेडमी छन् । समूह ‘बी’ मा नेपाल एपीएफm क्लब, महेन्द्रनगर क्रित्रेट युनाइटेड, न्यु होराइजन बुटवल र हिमालय किक्रेट एकेडेमी छन् । लिग कम नकआउटमा आयोजना हुने प्रतियोगितामा २ समूहबाट उत्कृष्ट दुई टिम सेमिफाइनल पुग्नेछन् ।


विजेताले पाँच लाख पाउने छ भने उप विजेताले दुई लाख हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीले ५० हजार हात पार्ने छन भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार रुपैयाँ जित्नेछन् । फाइनल खेलमा एक जना दर्शकलाई रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा छक्का समात्ने दर्शकलाई एक हजारको पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार विनोद भन्डारीको कप्तानीमा आर्मी रहने छ भने एपीएफको कप्तानी वसन्त रेग्मीले सम्हाल्नेछन् । रविन्द्रजंग शाहीको कप्तानीमा कर्णाली–११, महबुब आलमको कप्तानीमा लालीगुराँस किक्रेट क्लब झापा उत्रने छ । हिमालयनको कप्तानमा सुरेन्द्र चन्द, महेन्द्रनगरको कप्तानी सुशील खड्काले गर्नेछन् ।


मध्यपश्चिमको कप्तानी अजय साहनीले गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता स्थानीय कालुङन्चोक किक्रेट मैदानमा सञ्चालन गरिनेछ । स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेपछि आयोजकले पाँच लाख रुपैयाँ खर्च गरेर मैदान निर्माण गरेको छ । प्रतियोगिताका लागि ६० लाख रुपैयाँ खर्च अनुमान गरिएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?