कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तिम स्वर्ण आर्मीलाई

बाँके — चैत २७ गतेदेखि सुरु भएको आठौं राष्ट्रिय खेलकुदको समापन बुधबार नेपालगञ्ज रंगशालामा हुँदैं थियो । अन्तिम स्पर्धाको रूपमा थियो, पुरुष फुटबलको फाइनल ।

अन्तिम स्वर्ण आर्मीलाई

प्रतियोगितामा सर्बाधिक १ सय ४० स्वर्ण जितेको त्रिभुवन आर्मीले नेपाल पुलिसलाई हराउदै अन्तिम स्वर्ण फुटबलबाट जितेको हो ।


३८ डिग्रीको गर्मीका बीच रंगशालामा उल्लेख्य समर्थकको उपस्थिति थियो । विभागीय डर्बीमा आर्मी अब्बल देखियो । सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी शुटआउटमा पराजित गरी फाइनलमा पुगेको आर्मीले पुलिसलाई १–० गोलले हराउादा विकास तामाङले पहिलो हाफको अन्तिम मिनेटमा गरेको गोल निर्णायक बन्यो ।


दोस्रो हाफमा पुलिस खेलमा फर्कने प्रयास गरे पनि राष्ट्रिय टोलीका खेलाडीहरू सम्मिलित आर्मीको रक्षापंक्ति बाधक बन्यो । एपीएफलाई हराएर फाइनलमा पुगेको पुलिसले फाइनलमा उत्कृष्ट खेले पनि गोल गर्न सकेन । बुधबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा एपीएफ विजयी भएको थियो ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?