१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गर्मीले रोकेन खेल

ठाकुरसिंह थारु

बर्दिया — गर्मीको पारो चढ्दो छ । खेलाडीलाई त्यसको कुनै परवाह छैन । उनीहरूलाई पदक जित्न् ुछ । उनीहरूको लक्ष्य स्पष्ट छ, जस्तोसुकै प्रतिकूलता भए पनि पदक नगुमोस । नेपालगन्जलाई केन्द्रबिन्दु मानेर आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि खेलाडीले गर्मीलाई चुनौती दिंदै रेकर्ड कायम गरे ।

‘गर्मी यस्तै हो । लडाईमा आमनेसमाने भएपछि सबै विर्सिने रहेछ,’ सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै खो खो खेल्न बर्दियाको ठाकुरबाबा नगरपालिका रानीपुर गाउँ आएकी पूर्णिमा चौधरी भन्छन्, ‘गर्मीले खेल खेल्न केही असहज हुन्छ । हाम्रो लक्ष्य भनेको पदक जित्नु नै हुन्छ । खेल्ने समयमा गर्मी–चिसो केही थाहा पाइँदैन ।’


महिलातर्फ खो खोमा सुदूरपश्चिमले तेस्रो स्थान हासिल गर्‍यो । त्रिभुवन आर्मी क्लबले महिला/पुरुष दुबै खेलमा स्वर्ण पदक जित्यो । आर्मीका खो खो प्रशिक्षक लक्ष्मीनारायण वैद्यले पनि गर्मीले खेलाडीलाई खासै फरक नपारेको बताए । उनले खेलाडीलाई खेलमा पदक जित्नु महत्वपूर्ण रहने जनाए । ‘यो सिजनमा गर्मी हुनु स्वभाविक हो । तर खेलाडीले मजाले स्पर्धा गरे,’ उनले भने, ‘सुरुमा केही असहज भयो, बानी पर्दै गएपछि मौसम पनि अनुकूल लाग्य ।’


राष्ट्रिय खेलकुद परिषदले माघ महिनामै प्रतियोगिता सम्पन्न गर्ने दाबी गरेको थियो । समयमै भौतिक संरचनाहरू निमार्ण हुन नसक्दा पटकपटक मिति सरेर वैशाख आइपुगेको हो । सरकारले समयमै बजेट निकासा नगरेका कारण गर्मीमा प्रतियोगिता सरेको छ । निकै ढिलो गरी बजेट आएपछि प्रतियोगिता सम्पन्न भइसक्दा पनि भौतिक संरचना निमार्ण भइरहेका छन् । आयोजकले समयमै प्रतियोगिता आयोजना गरेर ईतिहास दोहर्‍याउन सफल भएको दाबी गरेको छ ।


फुटबल प्रशिक्षक राजु तामाङले गर्मीभन्दा पनि खेल कसरी जित्ने तर्फ खेलाडीको ध्यान केन्द्रित हुने अनुभव सुनाए । दिउँसोको गर्मीमा भन्दा पनि साँझ र बिहान फुटबल खेल्न मौसम अनुकुलता रहेको बताए । ‘मैदानमा उत्रिएपछि गर्मी न जाडो । खेलाडीको ध्यान पदक जित्नु नै हुन्छ,’ उनले भने, ‘त्यसैले फुृटवलजस्तो खुला मैदानमा हुने खेल साँझ बिहान भइरहेका छन् ।’


भौतिक संरचनाको काम नसकिएपछि माघबाट फागुनमा सारियो । त्यस अवधिमा पनि काम नससकिएको भन्दै चैत्र २७ गते बल्ल सुरु भएको थियो । चैत यता तराईका जिल्लामा अध्याधिक गर्मी हुने गर्छ । गर्मी सिजनमा प्रतियोगिता भइरहँदा खेलाडीले राम्रो खेल्न नसक्ने अशंका गरिएको थियो ।


बर्दियामा आयोजना भएका कबड्डी खेलमा महिला/पुरुष, खो खो खेलमा महिला/पुरुष र सेपाकताक्रो खेलमा नेपाली सेनाले स्वर्ण हात पारेको छ । बुद्धिचाल खेलमा कलासिक तर्फ पुरुषोतम चौलागाई र ब्रिज तफै मदनकृष्ण कार्की स्वर्ण पदक जिते । महिला तर्फ दुबै बुद्विचाल खेलमा सृजना लोहनीले स्वर्ण जितिन्  ।


प्रतियोगिता सन्चालन भइरहँदा निमर्णका काम भने जारी छन् । मध्यपश्चिम खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम ओलीले गर्मी सुरु ह्ुँदै गर्दा प्रतियोगिता सम्पन्न हुन थालेको बताए । ‘हामीले प्रतियोगिता सन्चालन गरेर इतिहास रचेका छौँ । प्रतियोगिता समयमै भयो यहि ठूलो हो,’ उनले भने, ‘दुई वर्षभित्रै गर्नु पर्ने प्रतियोगिता प्रदेश ५ ले गरेर देखाएको छ ।’ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेलमा खेलाडी स्पर्धा गरेका थिए ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?