राजस्थान लयमा

एजेन्सी

कोलकाता — खराव सुरुआतपछि लय समेट्न सफल राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ बिहीबार राति अर्को जित निकाल्ने क्रममा कोलकाता नाइट राइडर्सलाई ३ विकेटले हराएको छ । 

राजस्थान लयमा

कोलकाता आफ्नो घरेलु मैदानमा पराजित भएको यो लगातार छैटौं पल्ट हो । इडेन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकोताले ६ विकेटमा १ सय ७५ रन बनाएको थियो ।

त्यसमा दिनेश कात्र्तिकले नटआउट रहेर ९७ रन बनाए । जवाफमा राजस्थानले १९।२ ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो । त्यसमा रियान परागले सर्वाधिक ४७ रन बनाए ।

यो राजस्थानको चौथो जित हो र अब उसको ८ अंक भएको छ । लिग तालिकाको पुछारमा रहेका टिम कोलकाता, राजस्स्थान र रोयल च्यालेन्जर्स बेंगलारेको समान ८ अंक छ ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?