कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कर्णाली ११ को विजयी सुरुवात

कृष्णप्रसाद गौतम

सुर्खेत — घरेलु टोली कर्णाली ११ ले कर्णाली प्रिमियर लिग (केपीएल) मा विजयी सुरुवात गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कालिञ्चोक क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले झापाको लालीगुराँस क्रिकेटलाई एकेडेमीलाई ८ विकेटले हरायो । 

१ सय २ रनको लक्ष्य कर्णालीले कप्तान रवीन्द्रजंग शाहीको अविजित ४५ रनसँगै १४.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाई १ सय १ रन बनायो ।


लालीगुराँसबाट रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाए । कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिए । दिवान पुनले पनि तीन तथा जितेन्द्रसिंह ठकुरीले दुई विकेट हात पारे । प्लेयर अफ द म्याच किशोर घोषित भए । उनले ३ हजार ५ सय रुपैयाँ पाए ।


कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको वाईवाई कर्णाली प्रिमियर लिगको दोस्रो संस्करणको बिहीबार प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले उद्घाटन गरे । उनले लिगले राष्ट्रिय महत्त्व पाएसँगै कर्णालीमा क्रिकेट खेलाडी उत्पादनमा हौसला मिलेको बताए ।


शुक्रबार पहिलो खेल न्यु होराइजन बुटवल र महेन्द्रनगर क्रिकेट एकेडेमी तथा दोस्रो खेल त्रिभुवन आर्मी क्लब र लालीगुराँसबीच हुनेछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागीयसहित ८ टोली सहभागी छन् । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा दुवै समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?