३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सिङ : नेपाल समूहविजेता

माधव ढुंगाना

भैरहवा — भारतको पटनामा सञ्चालन भएको अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सिङ प्रतियोगितामा नेपाल समूहविजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्ट्स स्टेडियममा बुधबार राति भएको स्पर्धामा नेपाली टिमले उक्त सफलता हात पारेको हो । 

कराँते महासंघ प्रदेश ५ का अध्यक्ष भरतबहादुर केसीका अनुसार नेपाली खेलाडीले २० स्वर्ण, ६ रजत, १ कांस्य जितेका छन् ।


जापान गोजुरियो कराँते डो मिसन संघ नेपालका संस्थापक तथा टोली प्रमुख प्रशिक्षक केबी रानाको नेतृत्वमा सहभागी खेलाडीले भारत, बंगलादेश, भुटानका खेलाडीलाई पराजित गरेर सफलता प्राप्त गरेका हुन् । अलइन्डिया सितोरियो कराँते डो एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा नेपाल प्रथम, भारत द्वितीय र बंगलादेश तृतीय भए ।


नेपाली खेलाडी रूपा रानाले काता र कुमितेतर्फ दुई स्वर्णपदक प्राप्त गरिन् । रानाले १९ वर्षमाथिको (सिनियर) उमेर समूहतर्फ ५० केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै स्वर्णपदक जितेकी हुन् । सिनियरतर्फ सन्तु थारू ५५, छिरिङ गुरुङ ६५, दिलबहादुर बुढाथोकीले ७० केजी तौल समूहको प्रतिस्पर्धामा नेपाललाई स्वर्णपदक दिलाएका थिए ।


१९ वर्षमुनिको जुनियरतर्फ सञ्जय चौधरीले ७० केजी तौल समूहमा स्वर्णपदक प्राप्त गरे । १७ वर्षमुनिको (सब जुनियर) उमेर समूहमा शिवानी बस्नेत ५०, डिबिन गुरुङ ५०, रोशन राना ६० र सुनील रावलले ५५ केजी तौल समूहमा स्वर्णपदक प्राप्त गरे ।


१४ वर्षमुनिको (केडर) समूहमा प्रियंका थापा ५५, इशा सारु ४०, साहिल गुरुङ ३५, जीवन पुन ४०, मिलन श्रीष ४५ र सरोज क्षत्रीले ५५ केजी तौल समूहको प्रतिस्पर्धामा स्वर्णपदक प्राप्त गरे । १० वर्षमुनिको (सब केडर) उमेर समूहमा अमिसा पोखरेल ३०, आदित्य क्षत्री २०, डिबिन सेन ठकुरी २५ र गौरव पौडेलले ३० केजी तौल समूहको स्पर्धामा स्वर्णपदक प्राप्त गरेका थिए ।


प्रतियोगितामा सिनियरतर्फ कुमिते र किक बक्सिङमा नेपालकी दिलमाया कोइराला, विपिन राना र सञ्जयकुमार चौधरीले रजत पदक प्राप्त गरे । केडरतर्फ आकृति राना र प्रसुन शाहीले रजतपदक प्राप्त गरे । नेपालका यमन सोती मगरले कांस्यपदक हात पारे ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?