१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आफ्नै खर्चमा र्‍याफ्टिङ वर्ल्डकप

लेखनाथ — सरकारी सहयोगबिनै देशको प्रतिनिधित्व गर्दै र्‍याफ्टिङ वर्ल्डकपमा खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय 
र्‍याफ्टिङ महासंघले मे १६ देखि १९ सम्म अस्ट्रेलियाको टुली नदीमा गर्ने र्‍याफ्टिङ वर्ल्डकपमा सहभागी हुन ७ खेलाडी जाने भएका हुन् ।

वर्ल्डकपमा सहभागी हुने खेलाडी यतिबेला पोखराको सेती नदीमा अभ्यासमा व्यस्त छन् । राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता २०७५ बाट छनोट भएका खेलाडी सुरज गुरुङ, सुनील गुरुङ, सविन गुरुङ, शक्तिकुमार गुरुङ, दीपेश गुरुङ, पदमबहादुर गुरुङ र रविल मियाँले वर्ल्डकपमा सहभागिता जनाउनेछन् ।


उनीहरूलाई प्रशिक्षक निमबहादुर मगरले २ महिनादेखि प्रशिक्षण दिइरहेका छन् । आफ्नै खर्च र नेपाल एजेन्सिज् अफ र्‍याफ्टिङ एसोसिएसनको सहयोगमा उनीहरू अस्ट्रेलिया जानेछन् । साहसिक खेलको माध्यमबाट नेपालको झन्डा लिएर विश्वका खेलाडीमाझ प्रतिस्पर्धा गर्न जाँदा सरकारबाट कुनै सहयोग नभएको उनीहरूको गुनासो छ ।


अन्य खेलमा जस्तो र्‍याफ्टिङलाई सरकारले चासो नदेखाएको बताउँछन् टिम प्रमुख सुरज गुरुङ । ‘नेपालमा साहसिक पर्यटक भित्र्याउने खेललाई सरकारले बेवास्ता गरेको छ,’ उनी भन्छन्, ‘खेलाडी आफ्नै खर्चमा जानपर्नु विडम्बना हो ।’

प्रकाशित : वैशाख १३, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?