मुम्बइले हरायो चेन्नाइलाई

एजेन्सी

चेन्नाइ — अंक तालिकाको शीर्ष स्थानमा रहेका दुई टिमको भिडन्तमा मुम्बइ इन्डियन्सले शुक्रबार राति चेन्नाइलाई ४६ रनले हराएको छ । जितपछि मुम्बइ १४ अंक भएको छ र दोस्रोमा छ । 

मुम्बइले हरायो चेन्नाइलाई

चेन्नाइ भने १६ अंकमा अझै शीर्ष स्थानमा छ । मुम्बइले पहिले ब्याटिङ गर्दै ४ विकेटमा १ सय ५५ रन बनाएको थियो । त्यसमा रोहित शर्माले ६७ रन बनाए र उनी म्यान अफ द म्याच पनि भए ।

जवाफमा महेन्द्रसिह धोनीविनाको चेन्नाइले १७.४ ओभरमा अलआउट हुन अगाडि १ सय ९ रन मात्र बनाउन सक्यो ।

प्रकाशित : वैशाख १४, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?