१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सेमिफाइनलमा कर्णाली

कृष्णप्रसाद गौतम

सुर्खेत — आयोजक कर्णाली–११ समूह विजेता बन्दै वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) को सेमीफाइनल पुगेको छ । समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा कर्णालीले उपाधि दाबेदार मानिएको विभागीय टोली त्रिभुवन आर्मीलाई ११ रनले हराउँदै समूह विजेता बन्यो ।

सेमिफाइनलमा कर्णाली

सोमबार टस जितेको कर्णालीले २० ओभरमा ७ विकेट गुमाई १ सय ५६ रन बनायो । आर्मीले २० ओभर खेल्दै ८ विकेटमा १ सय ४५

रनमात्र बनाउन सक्यो । राष्ट्रिय खेलाडीको वर्चस्व रहेको आर्मीका लागि कप्तान विनोद भण्डारीले ४२ बलमा एक छक्का र ९ चौकासहित ५५ रन बनाए । हरिबहादुर चौहानले ३८ रन जोडे । कर्णालीका कप्तान रवीन्द्रजंग शाही र कृष्ण कार्कीले ३–३ विकेट लिए ।


लोकेश बमले २ छक्का र ६ चौकासहित ५० रन बनाएपछि कर्णालीले १ सय ५६ रन स्कोर खडा गरेको हो । कर्णालीका प्रदीप रसाइलीले ३४ र जितेन्द्रसिंह ठकुरीले ३० रन बनाउँदा कप्तान रवीन्द्रले २३ रन जोडे । प्लेयर अफ द म्याच उनै रवीन्द्रजंग घोषित भए । आर्मीका सुसन भारीले उत्कृष्ट बलिङ गर्दै १६ रन दिएर ५ विकेट हात पारे ।


यसअघि कर्णालीले लालीगुराँस क्रिकेट एकेडमी र मध्यपश्चिम क्रिकेट क्लब बाँकेलाई हराएको थियो । कर्णालीको लगातार तेस्रो जित हो । आर्मी र मध्यपश्चिमबीचको विजेता यो समूहबाट उपविजेता हुँदै सेमिफाइनल पुग्नेछ ।


दिनको फहिलो खेलमा महेन्द्रनगर क्रिकेट एकेडेमीले हिमालयन त्रिकेट एकेडमीलाई ५ रनले हरायो । समूह ‘बी’ मा महेन्द्रनगरको पहिलो जित हो । १ सय ५२ रनको लक्ष्यमा हिमालयनले २० ओभर खेल्दै ७ विकेटमा १ सय ४८ रनमात्र बनायो । पदम केसीले ५० र दीपेन्द्र ऐरीले अविजित २९ रन जोडे पनि जितलाई पर्याप्त भएन ।


महेन्द्रनगरका विक्रम ठगुन्ना र आकाश चन्दले २–२ विकेट लिए । टस जितेको महेन्द्रनगरले २० ओभरमा ५ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । किरण ठगुन्नाले ४१ र दिनेश अग्रीले ३३ रन जोडे । हिमालयनका शरद खड्काले २ विकेट हात पारे । प्लेयर अफ द म्याच किरण ठगुन्ना भए ।


मंगलबार न्यु होराइजन र हिमालयन तथा आर्मी र मध्यपश्चिम क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : वैशाख १७, २०७६ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?