२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

थ्रीस्टारको यात्रा

पर्वत पोर्तेल

काँकडभिट्टा — रुस्लान थ्रीस्टार १-० को कठिन जितसाथ चौथो मेचीनगर गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । डिफेन्डर अनन्त तामाङको निर्णायक गोल मदतले थ्रीस्टार मंगलबार अन्तिम चारमा पुगेको हो ।

थ्रीस्टारको यात्रा

काँकडभिट्टा माविको मैदानमा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टारले माइभ्याली फुटबल क्लब इलामको चुनौती समाप्त पारेको थियो । थ्रीस्टारले फाइनल प्रवेशका लागि बिहीबार त्रिभुवन आर्मीको सामना गर्नेछ ।


अनन्तले दोस्रो हाफको ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सुशील राईको क्रसपासमा अनन्तले नाटकीय ढंगबाट गोल गर्दा माइभ्यालीका गोलरक्षक सोजित गुरुङ अवाक बने । सोजितलाई लागेर रिबाउन्ड भएको बलमा अनन्तले गोल गरे । उनको प्रहार पोस्टको बार छुँदै भित्र छिरेको थियो ।


पहिलो हाफमा थ्रीस्टारलाई माइभ्यालीले दबाबमा राखेको थियो । उसले पटक-पटक गोल अवसर चुकायो । १७ औं मिनेटमा माइभ्यालीका राजीव लोप्चनको प्रहार पोस्ट माथिबाट बाहिरियो । ३० औं मिनेटमा पनि बललाई राजीवले पोस्टको दिशा दिन सकेनन् । ३४ औं मिनेटमा सुशील यादवको क्रसमा उनले अर्काे मौका खेर फाले ।


४५ औं मिनेटमा थ्रीस्टारका कप्तानलाई फाउल हानेपछि माइभ्यालीका कप्तान मनीष थापाले पहेँलो कार्ड पाए । खेलको २२ औं मिनेटमा थ्रीस्टारका सुनील बलको क्रसमा माइभ्यालीका एलोन म्याक्सवेलको प्रहार हावामा बाहिरियो ।


पहिलो हाफ गोलरहित सकिएको थियो । थ्रीस्टार दोस्रो हाफपछि लयमा त फर्कियो । तर स्कोर गर्न ४१ मिनेट कुर्नुपर्‍यो । पहिलो मिनेटमा थ्रीस्टारका विदेशी खेलाडी एलोन म्याक्सवेलले प्रहार गरे । गोल भएन । आठौं मिनेटमा मनसा वेभागुइको प्रहार पनि पोस्ट माथिबाट गयो । २९ औं मिनेटमा थ्रीस्टारका रुपेश केसीको क्रसमा सुशील राईको हेडरले समेत पोस्टको दिशा तय गर्न सकेन । अनन्तको स्कोरसँगै माइभ्यालीको हार निश्चित बनेको थियो ।


माइभ्यालीका प्रशिक्ष्ाक पासाङ शेर्पाले विदेशी र नेपाली खेलाडीबीचको तालमेल नमिल्दा राम्रो प्रदर्शनका बाबजुद पनि पराजित हुनुपरेको बताए । उनले भने, 'पाएका धेरै मौका पनि खेर फालियो । भाग्यले पनि साथ दिएन ।'


थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले शतप्रतिशत प्रदर्शनमा खेलाडी चुकेको बताए । उनले थपे, 'सोचेजस्तो खेल प्रदर्शनमा टिम चुक्यो ।' म्यान अफ द म्याच थ्रीस्टारका सुशील राई भए । उनले ११ हजार रुपैयाँ पाए । बुधबार पहिलो सेमीफाइनलमा नेपाल पुलिस क्लबले सीएमजी संकटाको सामना गर्नेछ ।

प्रकाशित : वैशाख १८, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?