कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बार्सिलोनामा लिभरपुल फिक्का

एएफपी

बार्सिलोना — लियोनल मेसीले युरोपेली च्याम्पियन्स लिगमा लिभरपुललाई त्यस्तो स्थितिमा पुर्‍याएका छन्, जहाँबाट उसले फाइनलको यात्रा तय गर्न चमत्कारी प्रदर्शन गर्नु पर्नेछ ।

बार्सिलोनामा लिभरपुल फिक्का

मेसीको जादुयी प्रदर्शनको मदतले बार्सिलोना बुधबार राति युरोपेली च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा ३-० को जित निकाल्यो ।

यो जितपछि अर्को साता एनफिल्डमा हुने दोस्रो लेगको खेल अगाडि बार्सिलोनाले एक खुट्टा फाइनलमा हालेको छ । सुरुआती ४५ मिनेटमा बार्सिलोना खुबै आक्रामक भएर पेस भयो र उसका लागि पूर्व लिभरपुल खेलाडी लुइस स्वारेजले सुरुआती अग्रता दिलाए । त्यसयता खेलको अन्त्यतिर मेसीले दुई गोल गरे ।

उनले फ्रि-किकबाट गरेको दोस्रो गोल उत्कृष्टको अनुपम नमुना थियो र यो उनको बार्सिलोनाका लागि ६ सयौं गोल पनि रह्यो । त्यो गोलपछि लिरभपुलका व्यवस्थापक योर्गन क्लोप प्रतिक्रियामा हाँस्न मात्र सके, तर यो नतिजा उनको टिमका लागि उल्टाउनै नसकिने खालको भएको छ ।

प्रकाशित : वैशाख १९, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?