कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्रिकेटमा फक्रँदै कविता

मोहन बुढाऐर

धनगढी — अन्तर प्रदेशस्तरीय मुख्यमन्त्री कप कविता कुँवरलाई प्रमाणित गर्ने राम्रो अवसर थियो । महिला क्रिकेटका लागि अवसर कम हुन्छ । बिरलै मात्र उनीहरूले राष्ट्रिय स्तरका प्रतियोगितामा खेल्न पाइरहेका छन् । त्यसैले घरेलु वातावरण धनगढीमा भएको यो प्रतियोगिता उनका लागि ठूलो अवसर थियो । 

क्रिकेटमा फक्रँदै कविता

कविता पनि के कम । एक शतक बनाउनुका साथै दुईपल्ट ह्याटि्रक विकेट लिएर सनसनी मच्चाइन् । कणर्ालीसँगको पहिलो खेलमै उनले हयाटि्रक विकेट लिएकी हुन् । संघीय प्रहरी कार्यलय मैदानमा उनले गण्डकीसँगको खेलमा घरेलु क्रिकेटको विशेष कीर्तिमान नै बनाइन् ।


एकै खेलमा शतक बनाउनुका साथै ह्याटि्रक लिने उनी घरेलु क्रिकेटमा पहिलो खेलाडी हुन् । कविता अलराउन्डर हुन् । मुख्यत उनी बलिङ केन्दि्रत छिन् । मुख्यमन्त्री कपको एकमात्र छक्का उनले नै प्रहार गरेकी हुन् ।


राष्ट्रिय क्रिकेटमा कविताको नाम भर्खरै उदय भएको हो । १५ वर्षकी उनी कक्षा ९ मा पढछन् । भविष्यको आशलाग्दो क्रिकेटरको रूपमा उदाएकी छन् । मध्यम परिवारकी कविताको जन्मभूमि अछाम साँफेबगर नगरपालिका-३ हो । नेपाली सेनाका पूर्व जागिरे बुवा गणेशबहादुर कुँवर र आमा पार्वतीको कोखबाट जन्मेकी कविताको दुई दिदी छन् । उनी पछि एक भाइ छ ।


सानैदेखि चुलबुले स्वभावकी कविताले टोलका साथीसँग क्रिकेट खेल्न थालिन् । टिभीमा हेरेर यसका नियमहरू बुझ्न थालिन् । 'सानो छँदा भाइलाई खेलाउना ल्याउँदा मेरो करबलमा प्लास्टिकको ब्याट र बल किनेर ल्याइदिनुहुथ्यो,' उनले भनिन्, 'पछि कक्षा ४ मा पढ्ने बेला बुवाले सक्कली बल र ब्याट किनिदिनुभयो ।'


बुवा आर्मीमा जागिरे हुन्जेल उनी कक्षा ४ सम्म काठमाडौंमा पढिन् । अवकास पाएपछि धनगढी बसाइँ सरेकाले कक्षा ५ मा पञ्चोलय माविमा भर्ना भइन् । काठमाडौंभन्दा उनलाई क्रिकेट खेल्ने वातावरण धनगढीमा बढी मिल्यो । धनगढीमा उनलाई क्रिकेट खेल्न सानिमा नीताले खुबै हौस्याउनु हुन्थ्यो । नीता खत्री क्रिकेटप्रेमी हुन् । नीता र पूर्व राष्ट्रिय खेलाडी जानकी भट्ट साथी भएकाले कविताले क्रिकेटमा अघि बढ्ने मौका पाइन् ।


उनका अनुसार क्रिकेटमा औपचारिक प्रवेश चार वर्षअघि मात्रै भएको हो । उनी सम्झन्छन् , 'एक दिन सीमावर्ती गौरीफन्टा बजारबाट माघीको सामान किनेर र्फकंदै गर्दा संघीय प्रहरीको मैदानमा कैलालीको महिला क्रिकेटको खेल चलिरहेको थियो । सानिमा पनि सँगै हुनुहुन्थ्यो । एकछिन क्रिकेट हेर्ने भनेर मैदानभित्र गयौं । त्यहाँ सानिमाको जानकीसँग भेट भयो । उहाँसँग कुरा भएपछि खेल हेरेर कैलाली टिममा सहभागी गराउन सकिने आश्वासन दिनुभयो ।' अर्काे दिन त्यही मैदानमा कविताको खेल हेरियो । खेल हेरेपछि जानकी खुसी भइन् । त्यसपछि जानकीले कैलाली टिममा उनलाई सहभागी गराउन भूमिका खेलेकी हुन् ।


कैलाली टिममा परेपछि आन्तरिक प्रतियोगितामा अभ्यास बढ्दै गएको कविताले सुनाइन् । 'खास गरी कैलाली र कञ्चनपुरका प्रतियोगिता खेल्ने अवसर प्राप्त भइरह्यो,' उनले भनिन् । तीन वर्षअघि काठमाडौंमा भएको यू-१९ प्रतियोगितामा पहिलोपल्ट उनी सुदूरपश्चिम टिममा पर्न सफल भइन् ।


त्यसपछि जनकपुर, झापा, प्रधानमन्त्री कप पोखरालगायत ठाउँमा पुगिन् । घरेलु प्रतियोगितामा सुदूरपश्चिमको टिमबाट 'अलराउन्डर' खेलाडीमा उनको प्रदर्शन छायो । कविताले सवै ठाउँमा भएको प्रतियोगितामा आफूलाई अब्बल साबित गर्दै आइन् । यसबीच उनले राष्ट्रिय कप्तान रुबिना क्षेत्री र क्रिकेटर आरती बिंडारीको क्लबबाट दिल्ली र हरियाणामा महिला क्रिकेट प्रतियोगिता खेल्न गइन् । हरियाणामा उनले ११ विकेटका साथ उत्कृष्ट बलरको पुरस्कार पाइन् । यसले उनको हौसला थप चुलियो ।


गत वर्ष राष्ट्रिय महिला क्रिकेट टिमको क्याम्पमा परे पनि वैकल्पिक खेलाडीमा सीमित भइन् । थाइल्यान्ड वुमेन्स टान्टी स्म्यासबाट भने कविता राष्ट्रिय टोलीको ढोका खोल्न सफल भइन् । त्यसलगत्तै थाइल्यान्डमै उनले विश्वकप छनोट पनि खेलिन् । टान्टी-२० संरचनाको दुवै प्रतियोगिताका ११ खेलमा उनले ९ विकेट लिएकी छन् । टान्टी-२० अन्तर्राष्ट्रियको ११ खेलमा नेरी थापाले १७, सीता रानामगरले ११, करुणा भण्डारीले १० विकेट लिएका थिए ।


यो दुई प्रतिस्पर्धाले उनलाई अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव दिलाएको छ । 'राम्रो प्रदर्शन देखाउन सक्नु एकमात्र आफनो उद्देश्य रहँदै आएको छ,' उनले भनिन्, 'उद्देश्य बनाउनु नै सफलताको कडी रहेछ ।' उनले अर्काे परीक्षा पास गर्न बाँकी छ । पहिलो उनी कक्षा १० मा पुगेकी छन् । त्यसपछि यो वर्ष उनलाई एसईई चटारो हुनेछ ।


पछिल्लो समय उनी क्रिकेटको भविष्यसमेत बुझ्ने भएकी छन् । भन्छिन्, 'सरकारले क्रिकेटमा लगानी गर्ने हो भने नेपाल विश्वकप क्रिकेट प्रतियोगिताबाट टाढा छैन ।'

प्रकाशित : वैशाख २१, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?