१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बार्सिलोना सेल्टा भिगोसँग स्तब्ध

एएफपी

म्याड्रिड — बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिग सेमिफाइन्ल पहिलो लेगमा लिभरपुलविरुद्ध उतारेको टिमका पूरा ११ खेलाडीलाई आराम दिएपछि शनिबार रातिको खेलमा उसले त्यसको मूल्य तिर्नु परेको छ । 

बार्सिलोना सेल्टा भिगोसँग स्तब्ध

स्पेनी ला लिगामा खराव खेलिरहेको सेल्टा भिगोले उसलाई २-० ले हरायो । मंगलबार सेमिफाइनल दोस्रो लेगको एनफिल्डमा हुने खेलका लागि लियोनल मेसी, लुइस स्वारेज र फिलिपे कोउटिन्हो लगायत सबै प्रमुख खेलाडीले आराम पाए ।

लिगमा बार्सिलोनालाई यो हारले फरक भने पार्ने छैन । उसले यसअघि नै २६ औं पल्ट स्पेनी लिग जितिसकेको छ । सेल्टा भिगोका लागि भने यो जित निकै महत्त्वपूर्ण सावित हुन सक्नेछ ।

यो जितपछि उसले दुई चरणको खेल बाँकी छँदा रेलिगेसन क्षेत्रबाट आफूलाई पाँच अंक अगाडि राखेको छ । उसका लागि म्याक्सी गोमेज र इगो आस्पसले गोल गरे । बार्सिलोनाले कमजोर टिम उतारेकोको बेफाइदा भने रियल भालाडोलिड र जिरोनालाई हुन सक्नेछ ।

प्रकाशित : वैशाख २२, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?