तेह्रथुम, उदयपुर र खोटाङ विजयी

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको वसन्तपुरमा जारी प्रथम संस्करणको प्रदेश नम्बर १ स्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जिल्ला खेलकुद विकास समिति तेह्रथुमले विजयी सुरुवात गरेको छ ।

तेह्रथुम, उदयपुर र खोटाङ विजयी

लालीगुराँस नगरपालिका केन्द्र वसन्तपुर बजारको खेल मैदानमा आइतबार तेह्रथुमले भोजपुरलाई ५–१ को अन्तरले हराएर सेमीफाइनल यात्रा तय गरेको हो ।


त्यस्तै आइतबार नै भएको अर्को प्रतियोगितामा खोटाङले संखुवासभालाई ३–१ को अन्तरले हराएको छ । आइतबार नै उदयपुर र ताप्लेजुङबीच भएको खेलमा २–१ को गोल अन्तरले उदयपुर विजयी भएको छ ।


सोमबारको पहिलो खेल ओखलढुंगा–मोरङ र इलाम–सोलुखुम्बुबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा १ नम्बर प्रदेशका १४ खेलाडी टिमको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष केशव भट्टराईले जानकारी दिए । प्रतियोगिता आगामी वैशाख २७ सम्म सञ्चालन हुनेछ । प्रतियोगिता प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले आयोजना गरेको हो ।


प्रतियोगिताको विजयी टिमले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता समूहले नगद ७५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

प्रकाशित : वैशाख २२, २०७६ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?